Everest Face
‘विश्व खेलकुद दिवस’ अवसरमा रुवीभ्यालीमा विविध खेलकुद प्रतियोगिता हुँदै
याे तस्विर AI काे सहयाेगमा तयार पारिएकाे हाे ।

रुवीभ्याली गाउँपालिका ले “विश्व खेलकुद दिवस” को अवसर पारेर विविध खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।

गाउँपालिकाको सामाजिक विकास शाखाको आयोजनामा २०८२ चैत २३ गते (सोमबार) कार्यक्रम सञ्चालन हुने तय गरिएको हो ।

गाउँ कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनाअनुसार आर्थिक वर्ष २०८२/८३ को विनियोजित बजेट अन्तर्गत कार्यक्रम सञ्चालन गर्न लागिएको हो । यस कार्यक्रममा गाउँपालिकाभित्रका सम्पूर्ण शाखा, वडा कार्यालय तथा जनप्रतिनिधिहरूलाई सहभागिताका लागि अनुरोध गरिएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिहरूले अनलाइन फारममार्फत आफ्नो नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ ।

सामाजिक विकास शाखा प्रमुख टोप बहादुर विष्ट तथा प्रमुख प्रशासकीय अधिकृत छोईसाङ तामाङले कार्यक्रमलाई सफल बनाउन सबैलाई सक्रिय सहभागिताका लागि आह्वान गर्नुभएको छ ।

यस कार्यक्रमले स्थानीय स्तरमा खेलकुदको विकास, स्वास्थ्य प्रवर्द्धन तथा सामुदायिक एकता अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।

खेलिने खेलहरू :

टेबल टेनिस

चेस

व्याडमिन्टन

घ्याम्पो फुटाई

म्युजिकल चियर

इन–आउट गेम

म्याराथुन

टग अफ वार

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  २०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update