Everest Face
बैकुण्ठमा दसैँ–तिहार विशेष ८/८ साइड फुटबल प्रतियोगिता हुँदै, प्रथम पुरस्कार रु. ८० हजार

मकवानपुरको कैलाश गाउँपालिका–२, बैकुण्ठ खेलमैदानमा 'दसैँ–तिहार विशेष ८/८ साइड फुटबल प्रतियोगिता–२०८३' आयोजना हुने भएको छ। बैकुण्ठ टोल विकास संस्थाको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागिएको हो । 

प्रतियोगिता ‘स्वस्थ शरीर, स्वस्थ समाज, समृद्ध गाउँपालिका’ भन्ने नाराका साथ सञ्चालन गर्न लागिएको हो। प्रतियोगिताले स्थानीय युवालाई खेलकुदमा जोड्नुका साथै गाउँमा खेलकुद गतिविधिको विकास र विभिन्न क्षेत्रका युवाबीच आपसी सद्भाव तथा एकता कायम गर्ने लक्ष्य लिएको छ।

प्रथम पुरस्कार ८० हजार, टिम दर्ता गर्न ५ हजार 

प्रतियोगितामा प्रथम हुने टोलीले ८० हजार रुपैयाँ, दोस्रो हुनेले ५० हजार रुपैयाँ र तेस्रो हुने टोलीले २० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। 

प्रतियोगितामा सहभागी हुन चाहने टोलीले २०८३ साल कात्तिक १० गतेसम्म आफ्नो टिम दर्ता गराइसक्नुपर्नेछ। टिम दर्ताका लागि ५ हजार रुपैयाँ शुल्क तोकिएको छ।

प्रतियोगितामा कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका, मनहरी गाउँपालिका, थाहा नगरपालिका, बेनीघाट रोराङ गाउँपालिका र गजुरी गाउँपालिकालगायतका क्षेत्रका टोली सहभागी हुने अपेक्षा गरिएको छ।

Baikuntha_Football_Match-(1)-1791425987.jpg
प्रतियाेगिता सञ्चालन हुने बैकुण्ठ गाउँ, खेल मैदान ।

कात्तिक १३ गतेदेखि प्रतियोगिता सञ्चालन

प्रतियोगिता २०८३ साल कात्तिक १३ गतेदेखि कैलाश गाउँपालिका–२ स्थित बैकुण्ठ खेलमैदानमा सुरु हुनेछ। प्रतियोगिताको फाइनल खेल कात्तिक २२ गते हुने तय गरिएको छ।

सबै खेल ८/८ साइड ढाँचामा खेलाइनेछन् र प्रतियोगिता फिफाको नियमअनुसार सञ्चालन गरिने जनाएको छ ।

प्रतियोगिताको आयोजना बैकुण्ठ टोल विकास संस्थाले गरेको हो भने नेपाली काँग्रेस कैलाश–२ कार्यसमिति प्रायोजक रहेको छ।

दसैँ–तिहारको अवसरमा आयोजना हुन लागेको प्रतियोगिताले स्थानीयस्तरमा फुटबल खेलको प्रवर्द्धनसँगै युवालाई सकारात्मक तथा सिर्जनात्मक गतिविधिमा सहभागी गराउने आयोजकको उद्देश्य छ।

प्रतियोगितालाई ‘खेलकुदले जोड्छ, समाजलाई एकता’ भन्ने भावनासहित अघि बढाइएको छ। थप जानकारी तथा टिम दर्ताका लागि ९७४२५२३८२४, ९८६११२२७२७, ९८४५२४००१८, ९८६२२३७९८८, ९८६०२७०४८८ र ९८५१०६८५३० मा सम्पर्क गर्न सकिनेछ।

प्रकाशित मिति: बिहीबार, असोज २२, २०८३  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update