Everest Face
मेयर कप फुलकन्ट्याक्ट च्याम्पियनशिपमा धादिङका खेलाडीको उत्कृष्ट प्रदर्शन

नेपाल इन्टरनेशनल क्योकुशिन कराँते संघ, बनेपा शाखाद्वारा आयोजित मेयर कप फुलकन्ट्याक्ट वान भर्सेस वान च्याम्पियनशिपमा धादिङका खेलाडीहरूले उल्लेखनीय प्रदर्शन गरेका छन्।

आइतबार बनेपामा सम्पन्न प्रतियोगितामा धादिङ डोजोका अध्यक्ष तथा प्रशिक्षक जयराम थिङ तामाङको नेतृत्वमा खेलाडीहरू सहभागी भएका थिए। प्रतियोगितामा सहभागी सबै ६ जना खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए।

Kyokushin_Karate_Dhading-(1)-1780883530.jpg
खेल प्रदर्शन गर्दै खेलाडी ।

४५ केजीमुनि वान भर्सेस वान प्रतिस्पर्धामा मौसम तामाङले दोस्रो स्थान हासिल गरेका छन् भने विशाल तामाङले आफ्नो पहिलो प्रतियोगितामै प्रभावशाली प्रदर्शन गरेका छन्।

त्यस्तै, धावा तामाङ खुला तौल (फ्री वेट) प्रतिस्पर्धाको सेमिफाइनलसम्म पुग्न सफल भएका छन्। महिला तर्फ अस्मिता तामाङले खुला तौल (फ्री वेट) विधामा उत्कृष्ट प्रदर्शन गरेकी छन् भने निर्मला तामाङले पनि सशक्त खेल प्रस्तुत गरेकी थिइन्।

Kyokushin_Karate_Dhading-1780883531.jpg
प्रतिस्पर्धामा सहभागी धादिङका खेलाडीहरू ।

धादिङका खेलाडीहरूको प्रदर्शन सन्तोषजनक रहेको धादिङ डोजोका अध्यक्ष तथा प्रशिक्षक जयराम थिङ तामाङले जानकारी दिएका छन्।

खेलाडीहरूलाई प्रतियोगितामा सहभागी गराउन आवश्यक खर्च व्यवस्थापनका लागि बेनीघाट रोराङ गाउँपालिका–१, बाँसखर्कका समाजसेवी दिनेश थिङ तामाङले आर्थिक सहयोग गरेका थिए। उक्त सहयोग रकम खेलाडीहरूलाई प्रोत्साहनस्वरूप वितरण गरिएको प्रशिक्षक तामाङले बताए।

Kyokushin_Karate_Dhading-(4)-1780883973.jpg
प्रशिक्षक एवम् धादिङ डाेजाेका अध्यक्ष जयराम थिङ तामाङ । 

यसैबीच, प्रशिक्षक जयराम थिङ तामाङले पनि खेलाडीहरूको मनोबल अभिवृद्धिका लागि व्यक्तिगत रूपमा ६ हजार रुपैयाँ नगद प्रदान गरेका छन्।

प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update