Everest Face
बेनीघाट रोराङ–१ को योजना कार्यान्वयनका लागि टोल भेला हुँदै, कुन टाेलमाा कहिले ?

बेनीघाट रोराङ गाउँपालिका–१ मा चालु आर्थिक वर्ष २०८३/०८४ का विभिन्न विकास योजनाहरू कार्यान्वयनका लागि उपभोक्ता समिति गठन गर्न टोल भेला आयोजना गरिने भएको छ।

वडाले जारी गरेको सूचनाअनुसार योजनाहरू व्यवस्थित रूपमा कार्यान्वयन गर्नुका साथै पारदर्शी शासन व्यवस्था कायम गर्दै स्थानीय नागरिकलाई सुशासनको अनुभूति गराउने उद्देश्यले विभिन्न टोलमा उपभोक्ता समिति गठन गर्न लागिएको हो।

वडाले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज २० गतेदेखि २३ गतेसम्म विभिन्न स्थानमा टोल भेला हुनेछ।

वडाका अनुसार विकास योजनाहरूमा स्थानीय नागरिकको सहभागिता सुनिश्चित गर्दै उपभोक्ता समितिमार्फत योजना कार्यान्वयनलाई अघि बढाउन टोल भेला आयोजना गरिएको हो।

कुन टाेलमा कहिले ?

994c3dcd-18ab-462e-97a5-74db60e13e9a-1791018291.jpg
2d0356fd-62b4-43c6-ba8a-66b35a9e2d6e-1791018296.jpg
 

प्रकाशित मिति: शनिबार, असोज १७, २०८३  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update