Everest Face
बेनिघाट रोराङ गाउँपालिकाद्वारा ९१ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक

धादिङको बेनिघाट रोराङ गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कुल ९१ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। 

गाउँपालिकाको गाउँ सभाको १९औँ अधिवेशन मार्फत आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो।

गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले गाउँ सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्। सार्वजनिक गरिएको कुल बजेटमध्ये चालु खर्चतर्फ ५० करोड ८ लाख ७७ हजार रुपैयाँ र पूँजीगततर्फ ४१ करोड ९० लाख २३ हजार रुपैयाँ विनियोजन गरिएको छ।

गाउँ सभामा आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले प्रस्तुत गरेका हुन्। कार्यकालको अन्तिम वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष थपलियाले आफ्नो कार्यकालमा बेनीघाट रोराङ गाउँपालिकाको विकास र समृद्धिका लागि आफूले हरसम्भव प्रयास गरेको बताए।

अध्यक्ष थपलियाले गाउँपालिकाको विकास यात्रामा सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, सङ्घसंस्था तथा सम्पूर्ण नागरिकप्रति धन्यवाद व्यक्त गरे। उनले सबै पक्षको सहकार्यबाट पालिकाले विकासका विभिन्न क्षेत्रमा उल्लेखनीय काम अघि बढाउन सकेको बताए।

आगामी आर्थिक वर्षको बजेटमा विशेषगरी शिक्षा र कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिइएको छ। शिक्षा क्षेत्रको गुणस्तर सुधार, विद्यालयको भौतिक संरचना विकास, शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउने तथा विद्यार्थीमैत्री वातावरण निर्माण गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ।

त्यसैगरी स्थानीय अर्थतन्त्रको प्रमुख आधारका रूपमा रहेको कृषि क्षेत्रको विकास, आधुनिकीकरण र व्यवसायीकरण मा जोड दिइएको छ। किसानलाई उत्पादनसँग जोड्ने, कृषि प्रविधिको विस्तार गर्ने, उत्पादन वृद्धि गर्ने तथा स्थानीय कृषि उपजको बजार प्रवर्द्धन गर्ने कार्यक्रमहरू बजेटमा समेटिएका छन्।

गाउँपालिकाले पूर्वाधार विकासलाई समेत महत्त्वपूर्ण प्राथमिकता दिएको छ। सडक निर्माण तथा स्तरोन्नति, खानेपानी, सिँचाइ, भवन निर्माणलगायतका विकास आयोजनालाई आवश्यकताका आधारमा अघि बढाउने नीति लिइएको छ।

गाउँपालिकाले स्वास्थ्य, सामाजिक विकास, सुशासन र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने कार्यक्रमलाई समेत नीति तथा कार्यक्रममा समेटेको जनाएको छ।

कार्यकालको अन्तिम वर्षमा प्रस्तुत नीति तथा कार्यक्रमले हालसम्म सुरु भएका विकास योजनालाई निरन्तरता दिँदै बेनीघाट रोराङलाई थप व्यवस्थित, समृद्ध र आत्मनिर्भर बनाउने लक्ष्य राखेको गाउँपालिकाले जनाएको छ।

तस्बिरः चन्द्र तामाङ 

Untitled-design-(2)-1782210231.jpg

Untitled-design-(3)-1782210227.jpg

Benighat_Roarang_Budget-(6)-1782209784.jpg

Benighat_Roarang_Budget-(7)-1782209780.jpg

Benighat_Roarang_Budget-(8)-1782209773.jpg

Untitled-design-(1)-1782209758.jpg

Benighat_Roarang_Budget-(21)-1782209760.jpg

Benighat_Roarang_Budget-(20)-1782209762.jpg

Benighat_Roarang_Budget-(15)-1782209769.jpg

Benighat_Roarang_Budget-(3)-1782209794.jpg

प्रकाशित मिति: मंगलबार, असार ९, २०८३  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update