-1753506688.jpg)
बिगमार्टको १ सय २५ औँ स्टोर पृथ्वी राजमार्ग स्थित धादिङको गजुरी बजारमा सञ्चालनमा आएको छ ।
स्टोरको शनिवार एक समारोहका बीच उद्घाटन गरिएको छ ।
धादिङस्थित गजुरी –१, पृथ्वी राजमार्गमा निर्मित अत्याधुनिक भवनबाट बिगमार्टको सेवा सञ्चालनमा आएको हो ।

बिगमार्टका अपरेसन हेड रत्नमान महर्जनका अनुसार स्टोरले शुभारम्भको अवसरमा विभिन्न सामानहरू विशेष छुटको व्यवस्था गरेको छ।
देशभरका स्टोरमा हालसम्म करिब २ हजार ४ सय रोजगाररत छन् भने गजुरीको स्टोरमा १४ जना कर्मचारी कार्यरत रहने उनले बताए ।
कम्पनीले छिटै पृथ्वीराजमार्ग स्थित चितवनको मुग्लिङ बजारमा पनि स्टोर सञ्चालनमा ल्याउने जनाएको छ ।
-1753506688.jpg)
बिगमार्ट नेपालका ठूला खुद्रा बिक्री सुपरमार्केटहरूमध्ये एक अग्रणी र लोकप्रिय नाम हो । यसले विशेषगरी सहरी क्षेत्रका उपभोक्ताहरूलाई लक्षित गरेर खाद्यान्न, गृह उपयोगी सामग्री, व्यक्तिगत स्याहारका सामग्री, पेय पदार्थ, सौन्दर्य प्रसाधन, विद्युतीय सामान लगायतका दैनिक उपभोग्य वस्तुहरू बिक्री गर्ने गर्छ ।