Everest Face
राेल्पाकाे थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी बेपत्ता

रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।

नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै निस्किएका कर्मचारीहरू सम्पर्कमा नआएपछि गाउँपालिकाले सूचना नै निकालेको छ ।

गाउँपालिकाका सूचना अधिकारी भिमसेन बुढा मगरका अनुसार, उनीहरू अहिलेसम्म पनि गाउँपालिकाको सम्पर्कमा आएका छैनन् ।

कार्यालयका अनुसार साँझ ७–८ बजेदेखि बिहान ८ बजेसम्म नेटवर्कले काम नगर्ने भएपछि असार २४ गते बिहान थबाङबाट निस्किएका थिए ।

सूचना अनुसार, कार्यालयको भुक्तानीका लागि आवश्यक पर्ने ओटिपि कोडका लागि उनीहरू रुकुम पूर्व गएर काम गर्ने भन्दै हिँडेका थिए ।

उनीहरूसँग निरन्तर सम्पर्क गर्न खोज्दा पनि नभेटिएको पालिकाको सूचनामा उल्लेख छ ।

‘प्रमुख प्रशासकीय अधिकृत लगायत आर्थिक प्रशासन प्रमुख, सव–इन्जिनियर, प्रशासन शाखा प्रमुख, खा.पा.स.टे. र सवारी चालकसहित ७ जना मिति २०८२ असार २४ गते बिहान ७ बजेदेखि आजको मिति २०८२ असार २५ गतेसम्म कार्यालयको सम्पर्कमा नआएको,’ सूचनामा भनिएको छ ।

उनीहरूको खोजी गर्दा रुकुम पूर्वमा नभेटिएको र कार्यालयको तर्फबाट सम्पर्क गर्दा पनि सबैको मोबाइल स्वीच्ड अफ रहेको पालिकाले जनाएको छ ।

यी हुन् सम्पर्कविहीन भएका कर्मचारीहरू:

१) हेमराज घर्ती मगर, प्रमुख प्रशासकीय अधिकृत

२) हरिश माझी, सहायक प्रशासन पाँचौँ

३) यज्ञ प्रसाद कँडेल, सह–लेखापाल

४) चन्द्र प्रकाश ओली, सव–इन्जिनियर

५) निशा आचार्य, सव–इन्जिनियर

६) शिव कुमार वली, खा.पा.स.टे

७) प्रदीप के.सी., सवारी चालक

गाउँपालिकाले निकालेकाे सूचना हेर्नुहाेस्ः

thabang-1752081362.jpg

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  २३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update