-1752498070.jpg)
धादिङको रुबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ हाल इजरायलको सरकारी भ्रमणमा रहेका छन् ।
उक्त भ्रमणको क्रममा अध्यक्ष तामाङले इजरायलको विदेश मन्त्रालयमा पुगेर उच्चस्तरीय भेटवार्ता गरेका छन् ।

भेटवार्तामा द्विपक्षीय सम्बन्ध, स्थानीय शासन प्रणालीको अनुभव आदानप्रदान तथा प्राविधिक सहयोगका सम्भावनाबारे छलफल भएको बताइएको छ ।
अध्यक्ष तामाङको इजरायल भ्रमण "मुनिएक्सपो २०२५" मा सहभागिताका लागि भएको हो, जहाँ विभिन्न मुलुकका स्थानीय सरकार प्रमुखहरूले सहभागिता जनाउँदै छन् ।
-1752497259.jpg)
सम्मेलनले नवीन प्रविधि, स्मार्ट सहर, जल व्यवस्थापन, कृषि प्रविधि र सुशासन सम्बन्धी नवीनतम अभ्यासहरू प्रस्तुत गर्नेछ ।
-1752497262.jpg)
उक्त भ्रमणले रुबीभ्याली गाउँपालिकाको अन्तर्राष्ट्रिय पहुँच विस्तार र स्थानीय विकासका क्षेत्रमा नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ ।