Everest Face
रूबीभ्यालीमा राष्ट्रिय परिचयपत्र बनाउन शिविर टोली आउँदै 

राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय धादिङको समन्वयमा सरकारी टोली रूबीभ्याली गाउँपालिकाका विभिन्न वडामा पुग्ने भएको छ ।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार पछिल्लो समयमा सबै सरकारी तथा गैरसरकारी निकायमा राष्ट्रिय परिचयपत्र अनिवार्य बनाइएकाले नागरिकको पहुँच सुनिश्चित गर्न गाउँमै शिविर सञ्चालन गरिन लागेको हो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको टोली यही साउन २१ गतेदेखि ३१ गतेसम्म सेवा दिन आउने कार्यक्रम तय गरिएको उनले जानकारी दिए ।

रूबीभ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङले गाउँगाउँमै पुगेर नागरिकको घरदैलोमा सेवा दिने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको बताए । “यस शिविरमार्फत आमाबुवा, दाजुभाइ तथा दिदीबहिनी सबैलाई राष्ट्रिय परिचयपत्रको विवरण प्रविष्ट गर्ने सेवा उपलब्ध गराइनेछ,” उनले भने ।

गाउँपालिकाले राष्ट्रिय परिचयपत्र नभएका सबै नागरिकलाई आवश्यक सक्कल कागजात तयारी अवस्थामा राख्न अनुरोध गरेको छ ।

कुन वडामा कहिले ? 

0bab8b48-ae46-4c7a-a957-637082b4968d-1754299324.jpg
 

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update