-1754367162.jpg)
केन्जो अर्थात् पदमचाल एक दुर्लभ प्रजातिको फूल हो । धरहरा जस्तै अग्लो र सेतो हुने यो फूल निकै सुन्दर हुन्छ ।
डाँडैभरि टावर झैँ फूलेको हुन्छ केन्जो । लेकाली चौर र अग्ला डाँडा निकै आकर्षक देखिने गरी फूलेको भेटिन्छ । केन्जो जडीबुटी औषधि पनि हो । केन्जोलाई नेपालीमा पदमचाल भनिन्छ । पूर्वको चर्चित तिम्बु पोखरी क्षेत्रमा यो भेटिन्छ। टावरजस्तो सेतो वनस्पति लहरै देखिन्छ । पहाडमा बाक्लो गरी देखिने केन्जो लामो क्षेत्रसम्म फैलिएको छ । फरक किसिमको फूल भएकाले आकर्षक देखिन्छ । फेरि यो कमै ठाउँमा पाइन्छ। तिम्बुपोखरी क्षेत्र केन्जो पाइने एक ठाउँ हो ।
-1754367163.jpg)
केन्जोलाई नेपालीमा पदमचाल भनिन्छ। पूर्वको चर्चित तिम्बु पोखरी क्षेत्रमा यो भेटिन्छ। टावरजस्तो सेतो वनस्पति लहरै देखिन्छ । पहाडमा बाक्लो गरी देखिने केन्जो लामो क्षेत्रसम्म फैलिएको हुन्छ । फरक किसिमको फूल भएकाले आकर्षक देखिन्छ । फेरि यो कमै ठाउँमा पाइन्छ ।
जैविक औषधिको महत्त्व समेत बोकेको यो वनस्पति आकर्षक भएकाले नै चर्चित छ । यस क्षेत्रका घरमा केन्जोको तस्बिर फ्रेममा झुन्डिएको देख्न पाइन्छ । होटेलमा पनि राखेको देख्न पाइन्छ ।
यसको व्याख्या पहिलोपल्ट ब्रिटिस बोटानिस्ट सर जोसेफ टाल्टन हुकर ले गरेको भेटिन्छ । उनले ‘हिमालयन जर्नलस नोट्स आफ न्याचुरलिस्ट’मा व्याख्या गरेका छन् । सन् १८४९ तिर सिक्किमको लाछेन उपत्यकामा यो वनस्पति देखेको लेखेका छन् ।
‘पदमचाललाई मैले पहिलो पल्ट १ माइल टाढाबाट देखेँ । लाछेन उपत्यकाको १४ हजार फिट उचाइमा अवस्थित कालो पहाडलाई यसले अत्यन्त सुन्दर बनाएको थियो । अप्ठ्यारा ठाउँमा थिए । तीन फिट जति अग्लो यस वनस्पति पिरामिड टावरको रूपमा ठिङ्ग उभिएको थियो,’ उनले लेखेका छन् ।
पदमचाल तीन हजार दुई सयदेखि चार हजार दुई सय मिटरसम्म उचाइमा पाइने लिङ्कन विश्वविद्यालयका सोधकर्ताहरूले बताएका छन् । नेपाल, भारत र भुटानमा यो वनस्पति भेटिएको छ । यसलाई कृत्रिम तरिकाले युरोपमा पनि उमारिएको छ ।
केन्जो फूल पाइने क्षेत्र ‘तिम्बुपोखरी’

प्राकृतिक सौन्दर्य, धार्मिक, जैविक तथा सांस्कृतिक महत्त्व बोकेको तिम्बुङ पोखरी पूर्वी नेपालको ताप्लेजुङको सिदिङ्वा गाउँपालिका अन्तर्गत साबिकको कालिखोला गाविसमा पर्छ । ४४८१ मिटरको उचाइमा रहेको पोखरी ४६६ मिटर उत्तर दक्षिण लम्बाई र १५४ मिटर पूर्व–पश्चिम चौडाइ रहेको छ । धार्मिक आस्था केन्द्र अग्लो ठाउँमा अवस्थित पोखरीलाई चट्टाने पहाडले घेरेको छ ।
सम्भवतः काेशी प्रदेशकै सबैभन्दा सुन्दर र भर्जिन गन्तव्य हो तिम्बुङ पोखरी । यो पोखरी धार्मिक र प्राकृतिक दुवै कोणमा महत्त्वपूर्ण मानिन्छ । पाँचथरको याङवरक र ताप्लेजुङको सिदिङ्बा गाउँपालिकामा पर्ने यो पोखरी यी दुई पूर्वी पहाडी जिल्लाको सिमाना पनि हो । यो पोखरीबाट सिक्किम नजिकै छ । असार देखी श्रावण सम्म यात्राको राम्रो सिजन मानिने यो पोखरी हिउँ पर्ने बेलामा हिउँले ढाकिन्छ । यात्रा गर्दा राम्रो बसोबासको प्रबन्ध नभएकाले लेकका चौँरी गोठमा वा टेन्टमा बस्दै जानुपर्ने हुन्छ यो पोखरी । यो पोखरीमा पाइने केन्जो फूल धेरै लोकप्रिय मानिन्छ ।