Everest Face
रुबीभ्यालीका सञ्जय तामाङ एनआरएनए न्यूजील्याण्डको राष्ट्रिय समन्वय समिति सदस्यमा नियुक्त

गैर-आवासीय नेपाली सङ्घ (एनआरएनए) न्यूजील्याण्डले आफ्नो २०२५–२०२७ कार्यकालका लागि नयाँ राष्ट्रिय समन्वय समिति (NCC) सदस्यको रूपमा सञ्जय तामाङलाई नियुक्त गरेको छ ।

सङ्घको संविधान तथा निर्देशक सिद्धान्त अनुसार गत ४ अगस्ट २०२५ मा सम्पन्न कार्यकारी समितिको पहिलो बैठकमा सञ्जय तामाङको नाम सर्वसम्मत अनुमोदन गरिएको हो । नियुक्तिसँगै सङ्घले नेपाली डायस्पोराको सेवामा उनको अनुभव, नेतृत्व क्षमता र निष्ठाप्रति विश्वास व्यक्त गरेको छ ।

सङ्घका अनुसार, तामाङले अब एनआरएनए न्यूजील्याण्डका कार्यक्रम, रणनीति र नीतिगत छलफलहरूमा सक्रिय भूमिका निर्वाह गर्नुका साथै पारदर्शिता, समावेशीकरण र एकतामूलक कार्यशैली प्रवर्द्धन गर्नुपर्ने जिम्मेवारी पाउनेछन् ।

नियुक्तिपछि तामाङले सबै नेपाली समुदायको साथ, सुझाव र सहकार्यको अपेक्षा राख्दै आफूले दायित्व इमानदारीपूर्वक वहन गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update