Everest Face
उत्तरी धादिङमा म्हेन्दोमाया दोहोरी प्रतियोगिता सम्पन्न

उत्तरी धादिङमा तामाङ समुदायको मौलिक संस्कृति, भेषभूषा, रहनसहन र परम्परा झल्काउने म्हेन्दोमाया दोहोरी गीतको चौथो संस्करणको प्रतियोगिता सम्पन्न भएको छ ।

धादिङ, नुवाकोट र रसुवाको संगमस्थल तथा धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्त्व बोकेको सिङ्ल्हा म्हाने क्षेत्रमा जनैपूर्णिमाको अवसरमा लाग्ने झाँक्री मेलासँगै जम्बुलिङ फिल्म्स प्रा.लि.को आयोजनामा उक्त प्रतियोगिता सम्पन्न गरिएको हो ।

e37e1ddc-8174-455c-83ee-29aaae442ab6-1754832160.jpg
म्हेन्दाेमाया प्रतियाेगिता ।

कार्यक्रममा प्रमुख अतिथि रुबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले भने, “यस किसिमका प्रतियोगिताले हाम्रो मौलिक संस्कृति र परम्परालाई संरक्षण गर्दै नयाँ पुस्तामा प्रेरणा जगाउँछ । स्थानीय पर्यटन प्रवर्द्धनमा पनि यसको ठुलो योगदान हुन्छ ।”

आयोजक जम्बुलिङ फिल्म्स प्रा.लि.का अध्यक्ष राजकिङ वाइबाले भने, “म्हेन्दोमाया हाम्रो पहिचान हो। यसलाई निरन्तरता दिन र प्रतिभालाई अवसर दिन यो प्रतियोगिता नियमित गर्दै आएका छौँ ।”

e7e90e7b-5821-4f77-aed9-d99b5cd8c68f-1754832166.jpg
म्हेन्दाेमाया प्रतियाेगिता ।

प्रतियोगितामा चर्चित म्हेन्दोमाया कलाकारहरूको समेत उपस्थिति थियो । प्रतियोगितामा साल्मे ए किस्पाङ विजेता र साल्मे बी किस्पाङ उपविजेता बनेका छन् ।

तस्बिरहरूः

a7eda6fc-1c79-4031-b143-aaf26daa63a0-1754832164.jpg

0ade6bdd-8d5d-4d77-a633-0b98d7f3373b-1754832165.jpg

dbb480b9-7af7-4722-acfa-2c64c620904f-(1)-1754832167.jpg

87f81963-a89a-43d0-be6e-d761fa34ded5-1754832163.jpg

b970caa1-103c-4dfb-aa6e-8b25f7bedf02-1754832158.jpg

1dddd814-67d2-4cad-a9e0-72ecd9bef454-1754832163.jpg

e6613c2f-8424-48ce-881c-7a37eb559ba9-1754832158.jpg

77cf6a01-c1da-43ed-bc3a-c6a95e9a7db5-1754832160.jpg

तस्बिरः याेगेन्द्र तामाङ 

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  १९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update