
धादिङ जिल्लाको रूबीभ्याली गाउँपालिका अन्तर्गत गणेश हिमाल क्षेत्रमा इको-ट्रेल निर्माण हुने भएको छ ।
यसका लागि रूबीभ्याली गाउँपालिकाको समन्वयमा बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन कार्यालय, नुवाकोटबाट ९० लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

रूबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले भने, “गणेश हिमाल क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र पर्यटकीय सम्भावनालाई जोड्ने गरी इको-ट्रेल निर्माण कार्य अघि बढाइनेछ ।"
-1749799732.jpg)
यसले स्थानीय रोजगार सिर्जना र गाउँको आर्थिक विकासमा ठुलो योगदान पुर्याउनेछ । साथै, बजेट विनियोजनको लागि धन्यवाद व्यक्त गर्दै छिटोभन्दाछिटो बोलपत्र आव्हान गरी निर्माण प्रक्रिया अघि बढाइने अध्यक्ष तामाङले बताए ।
-1755091229.jpg)
परियोजना सम्पन्न भएपछि यस क्षेत्रको पर्यटकीय आकर्षण थप वृद्धि हुने र आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन बढ्ने अपेक्षा गरिएको छ ।