
रूबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ नेतृत्वको टोलीले बागमती प्रदेशका मुख्य मन्त्री इन्द्रबहादुर बानियाँसँग विशेष भेटघाट गरेको छ ।
भेटमा गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङ, प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार गोले समेत सहभागी थिए ।
भेटपछि गाउँपालिकाका अध्यक्ष तामाङले भने, “रूबीभ्याली जस्तो भौगोलिक रूपमा कठिन क्षेत्रको विकासका लागि प्रदेश सरकारसँगको सहकार्य अत्यावश्यक छ । यस भेटघाटले आगामी दिनमा ठोस उपलब्धि ल्याउने विश्वास लिएको छु ।”
-1756448907.jpg)
मुख्यमन्त्री बानियाँले पनि गाउँपालिकाको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “प्रदेश सरकारले स्थानीय तहसँग सहकार्य गर्दै विकासका परियोजना अघि बढाउँछ । रूबीभ्यालीको मागलाई प्राथमिकतामा राखिन्छ ।”
त्यसैगरी, अध्यक्ष तामाङ नेतृत्वको टोलीले आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ र भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटासँग छुट्टाछुट्टै भेट गरी बजेट, योजना र पूर्वाधार विकासबारे छलफल गरेको थियो ।
आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले भने, “गाउँपालिकाले अघि सारेका प्राथमिकतालाई योजनामा समावेश गर्ने दिशामा प्रदेश सरकार गम्भीर छ ।”
भौतिक पूर्वाधार विकास मन्त्री डा. देवकोटाले भने, “पूर्वाधार निर्माणका कामलाई छिट्टै अघि बढाउन समन्वय गरिनेछ ।”