Everest Face
बेनीघाट रोराङमा संविधान दिवस तथा शैक्षिक सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न 

धादिङको बेनीघाट रोराङ गाउँपालिकामा संविधान दिवस तथा शैक्षिक सम्मान कार्यक्रम—२०८२ भव्यताका साथ सम्पन्न भएको छ ।

गाउँपालिकाको आयोजनामा शुक्रवार संविधान दिवसको अवसरमा विशालटारस्थित चन्द्रोदय माविको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो । 

बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) को अध्यक्षता र जिल्ला शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख भूमिलाल शर्मा सुवेदी, बेनीघाट रोराङ गाउँपालिकाका पूर्व अध्यक्ष पित्त बहादुर डल्लाकाेटी (हरि)को विशेष आतिथ्ययतामा कार्यक्रम सम्पन्न भएको हो ।

Benighat_rorang-(12)-1758343945.jpg
सम्मान कार्यक्रम ।

कार्यक्रममा पालिकाका सम्पूर्ण जनप्रतिनिधि, शिक्षक, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, विद्यार्थी, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, शैक्षिक सरोकारवालाहरूसहित करिब ७५० जनाको सहभागिता रहेको थियो । 

शैक्षिक विकासलाई प्रमुख प्राथमिकतामा राखेर अघि बढिरहेको गाउँपालिकाले शिक्षकहरूलाई हौसला प्रदान गर्ने उद्देश्यले राष्ट्रिय शिक्षा दिवस र संविधान दिवसको अवसर पारेर सम्मान कार्यक्रमको आयोजना गरेको हो । 

३४० जना शिक्षक सम्मानित 

वृहत् शैक्षिक सम्मान कार्यक्रममा पालिकाका विभिन्न विभिन्न विद्यालयहरूमा कार्यरत ३४० जना शिक्षकहरू सम्मानित भएका छन् । कक्षा ५, ८, १० र १२ कक्षामा शैक्षिक वर्ष २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्न/गराउन सफल विषयगत शिक्षकहरू, विद्यार्थीहरू र विद्यालयहरूलाई ‘बेनीघाट रोराङ शिक्षा पुरस्कार’ बाट सम्मानित गरिएको हो ।

Benighat_rorang-(7)-1758343691.jpg
सम्मान कार्यक्रम ।

त्यसैगरी पालिकाभरिका प्रारम्भिक बाल विकास शिक्षकहरूमध्ये ८ जना र कक्षा ३ सम्म अध्यापन गर्ने १३ जना उत्कृष्ट शिक्षकहरूलाई पनि सम्मानित गरिएको छ । 

त्यस्तै २०८१ को परीक्षामा विभिन्न तहमा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल ४७ जना विद्यार्थीहरूलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको छ । कक्षा ८, १० र १२ मा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई सम्मानित गरिएको हो । गाउँपालिकाले विद्यार्थीहरूलाई हौसला बढाउन उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रमलाई पनि प्राथमिकता दिँदै आएको छ ।

त्यसैगरी संस्थागत स्वः तथा बाह्य मूल्याङ्कनमा उत्कृष्ट ९ वटा विद्यालयहरूलाई पनि सम्मानित गरिएको छ ।  

‘शहिद इन्द्र बहादुर थपलिया रोराङ शिक्षा पुरस्कार’को स्थापना र सम्मान 

गाउँपालिकाले ‘शहिद इन्द्र बहादुर थपलिया रोराङ शिक्षा पुरस्कार’बाट ९ जना उत्कृष्ट शिक्षकहरूलाई सम्मानित गरेको छ ।

तहगत रूपमा कक्षा ८, १० र १२ बाट ३÷३ जना गरी ९ जना उत्कृष्ट शिक्षकहरूलाई नगद, ट्रफि र प्रमाणपत्रसहित यस पुरस्कारबाट सम्मानित गरिएको हो ।

lakhe_dance-(40)-1758343705.jpg
सम्मान कार्यक्रम ।

यस पुरस्कारबाट कक्षा १२ तर्फबाट समग्रमा सर्वोत्कृष्ट शिक्षकको रूपमा ब्राइट फ्यूचर माविका महेश अधिकारी, सामुदायिकतर्फ सर्वोत्कृष्ट शिक्षकको रूपमा बागेश्वरी माविका धनप्रसाद पराजुली, सामुदायिकतर्फ उत्कृष्ट शिक्षकको रूपमा बागेश्वरी माविकै दयाराम जोशी सम्मानित भएका छन् ।

Benighat_rorang-(13)-1758344924.jpg
समग्रमा सर्वोत्कृष्ट शिक्षकको रूपमा सम्मानित ब्राइट फ्यूचर माविका महेश अधिकारी ।

त्यसैगरी कक्षा १० तर्फबाट समग्रमा सर्वोत्कृष्ट शिक्षकको रूपमा ब्राइट फ्यूचर माविका प्रकाश भण्डारी, सामुदायिकतर्फ सर्वोत्कृष्ट शिक्षकको रूपमा चन्द्रोदय माविका रञ्जु थपलिया, सामुदायिकतर्फ उत्कृष्ट शिक्षकको रूपमा पञ्चकन्या माविका शेर बहादुर भट्ट सम्मानित भएका छन् ।

त्यस्तै कक्षा ८ तर्फबाट समग्रमा सर्वोत्कृष्ट शिक्षकको रूपमा वितेश आधारभूत विद्यालयका अनिल कँडेल, उत्कृष्ट शिक्षकको रूपमा ब्राइट फ्युचर माविका उषा पन्त र वितेश आधारभूत विद्यालयकै कुमार श्रेष्ठ सम्मानित भएका छन् । 

गाउँपालिकामा यसै वर्ष शहिद इन्द्र बहादुर थपलियाको सम्मान स्वरूप उहाँको नाममा शैक्षिक पुरस्कारको स्थापना गरिएको हो । 

प्रविधिमैत्री सिप प्रतियोगितामा उत्कृष्ट शिक्षक सम्मानित 

बेनीघाट रोराङ गाउँपालिकाले सञ्चालन गरेको प्रविधिमैत्री सिप प्रतियोगितामा उत्कृष्ट  शिक्षकहरू सम्मानित भएका छन् । 

प्राथमिक तह कक्षा १—५ र त्यसभन्दा माथि कक्षा १२ सम्म गरी दुई समूहमा फरक फरक प्रतिस्पर्धा गराइएको थियो । प्राथमिक तहबाट बेनी शिक्षा सदन बेनीघाटका शिक्षक महाजन श्रेष्ठ प्रथम, बागेश्वरी मावि रिचोकटारका रविन्द्र कँडेल दितीय र महादेवस्थान आवि, चिम्बाङका शिक्षक दिर्ग बहादुर थापाले तृतीय स्थान हासिल गरेका छन् ।

lakhe_dance-(45)-1758343699.jpg
सम्मान कार्यक्रम ।

त्यसैगरी कक्षा ६—१२ बाट पञ्चकन्या मावि स्यादुलका शिक्षक विनोद सिलवाल प्रथम, पिपलभन्ज्याङ मावि ताल्तीका सरोज देवकोटा दितीय र बागेश्वरी मावि रिचोकटारका श्रीकृष्ण थापाले तृतीय स्थान हासिल गरेका छन् । 

प्रतियोगितामा प्रथम, दितीय र तृतीय स्थान हासिल गर्ने शिक्षकलाई क्रमशः रु. १० हजार, रु. ८ हजार र रु. ६ हजार नगदसहित प्रमाणपत्रद्वारा सम्मानित गरिएको हो ।

शिक्षकहरूलाई प्रविधिमैत्री बनाउन हौसला प्रदान गर्ने र कक्षा कोठालाई प्रविधिमैत्री बनाउन सहज होस् भन्ने उद्देश्यले प्रविधिमैत्री सिप प्रतियोगिता आयोजना गरिएको हो ।  

पालिकाका उत्कृष्ट तीन कर्मचारी सम्मानित

गाउँपालिकाले संविधान दिवस तथा शैक्षिक सम्मान कार्यक्रमको अवसर पारेर गाउँपालिकाका तीन उत्कृष्ट कर्मचारीहरूलाई सम्मानित गरेको छ ।

lakhe_dance-(39)-1758343707.jpg
सम्मान ग्रहण गर्दै गाउँपालिका शिक्षा शाखा प्रमुख बाेधराज पाठक । 

गाउँपालिकाका शिक्षा शाखा प्रमुख बोधराज पाठक, शाखा अधिकृत परशुराम घिमिरे र सहायक कम्प्युटर अधिकृत सुमन अधिकारीलाई आर्थिक वर्ष २०८१/०८२ को पालिकाको उत्कृष्ट कर्मचारीको रूपमा कदरपत्र र दोसल्लाबाट सम्मानित गरिएको हो । 

गाउँपालिकाले गरेको सम्मानबाट आफूलाई अझै जिम्मेवारीको बोध भएको शिक्षा शाखा प्रमुख बोधराज पाठकले बताए । 

lakhe_dance-(38)-1758343707.jpg
सम्मान ग्रहण गर्दै शाखा अधिकृत परशुराम घिमिरे ।

कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी एवम् शिक्षकहरूले गीत, नृत्य, नाटक लगायत सांस्कृतिक प्रस्तुति दिएका थिए ।  

गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेक)ले गाउँपालिकाले आयोजना गरेको संविधान दिवस तथा शैक्षिक सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको बताए ।

lakhe_dance-(34)-1758343712.jpg
कृष्ण बहादुर थपलिया (विवेक), अध्यक्ष, बेनीघाट राेराङ गाउँपालिका ।

अध्यक्ष थपलियाले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूको सामूहिक प्रयास, एकता र सहकार्यको भावनाले गाउँपालिकालाई देशकै नमुना पालिका बनाउन सम्भव भएको बताए । गाउँपालिकाको विकास र समृद्धि सबैको साझा मुद्धा हुनुपर्ने अध्यक्ष थपलियाले बताए । 

अन्य तस्बिरहरूः

lakhe_dance-(35)-1758343712.jpg

lakhe_dance-(36)-1758343710.jpg

lakhe_dance-(41)-1758343704.jpg

lakhe_dance-(42)-1758343702.jpg

lakhe_dance-(44)-1758343699.jpg

Benighat_rorang-(3)-1758343696.jpg

lakhe_dance-(43)-1758343701.jpg

Benighat_rorang-(5)-1758343694.jpg

Benighat_rorang-(4)-1758343696.jpg

Benighat_rorang-(6)-1758343693.jpg

Benighat_rorang-(8)-1758343692.jpg

Benighat_rorang-(8)-1758343692.jpg

Benighat_rorang-(10)-1758343687.jpg

Benighat_rorang-(11)-1758343687.jpg

Benighat_rorang-(9)-1758343689.jpg

तस्बिरः चन्द्र तामाङ

प्रकाशित मिति: शनिबार, असोज ४, २०८२  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update