Everest Face
ताल्तीमा हरिबोधनी एकादशी विशेष कार्यक्रम हुँदै, राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने 

धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर २ स्थित ताल्तीमा यही कार्तिक १४ गते हरिबोधनी एकादशी विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ । 

महादेवस्थान सामुदायिक सिकाई केन्द्र र आमा समूह सञ्जाल महादेवस्थानको आयोजनामा कार्यक्रमको हुन लागेको हो । कार्यक्रमको मुख्य संरक्षकको भूमिका बेनीघाट रोराङ गाउँपालिकाले निभाउने भएको छ । 

मेलामा गायिका टिका सानु, गायिका आशा वि.सी., गायक रामकुमार नेपाली, गायक भरत बराकोटी, दोहोरी गायक नवराज काभ्री, गायक अविरल मगर, गायिका सपना रोका लगायत चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ । 

त्यसैगरी स्थानीय सांस्कृतिक झाँकीहरूका साथै स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ । 

१४ गते बिहान ११ः०० बजे सुरु हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । 

कार्यक्रमको लागि ह्वासिन सिमेन्ट प्रा.लि., शिवम् सिमेन्ट प्रा.लि., त्रिशक्ति होल्डिङ प्रा.लि. र आर्जित कन्स्ट्रक्सन प्रा.लि.ले सहयोग गरेका छन् । 

 

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update