रुवी भ्याली गाउँपालिका–३ सेर्तुङस्थित श्री खार्सा गाउँ आधारभूत विद्यालय र श्री च्याम्रादेवी माध्यमिक विद्यालयका सबै बालबालिकालाई गिभ लभ्स फाउन्डेसन (Give Loves Foundation) ले विद्यार्थी ब्याग, ज्याकेट, न्यानो पाइन्ट र टोपी वितरण गरेको छ ।
फाउन्डेसनका संस्थापक आदरणीय भान्टे पिटर गुरुले पठाउनुभएको सन्देशमा बालबालिकालाई लगनशील भएर अध्ययन गर्न र भविष्यमा सफल जीवन बिताई समाजलाई योगदान गर्न प्रेरित गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रामसिंह तामाङले भने, “विदेशमा बसेर पनि यहाँका बालबालिकाको शिक्षा र आवश्यकताप्रति चिन्ता लिई सहयोग पुर्याउनु प्रशंसनीय कार्य हो। यस्ता सहयोगहरूले ग्रामीण विद्यालयका विद्यार्थीमा अध्ययनप्रतिको उत्साह बढाउँछन् भन्दै फाउन्डेसनप्रति आभार व्यक्त गरे ।
त्यस्तै, उपाध्यक्ष फेलामा तामाङले “हाम्रो गाउँका विद्यार्थीहरूलाई न्यानो कपडा र ब्याग वितरण गरेर गिभ लभ्स फाउन्डेसनले देखाएको माया र सद्भावका लागि धन्यवाद दिँदै यसले बालबालिकामा आत्मविश्वास र खुशी थप्ने बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
फाउन्डेसनका तर्फबाट निरगमान महर्जन, सुदिप महर्जन र हिमालय टाइम्सका फोटो पत्रकार विनोद महर्जन स्वयंसेवकको रूपमा सहभागी रहेका थिए ।
गिभ लभ्स फाउन्डेसनले आगामी दिनहरूमा पनि शिक्षा र बालबालिकाको हितका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
अन्य तस्बिरहरूः


-1762785318.jpeg)















तस्बिरः याेगेन्द्र तामाङ





