राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुलीले पार्टी परित्याग गरी पुरानै दल नेपाली कांग्रेसमा फर्किएका छन्।
हेटौंडामा रास्वपाको कार्यक्रम चलिरहेकै बेला उनी सर्लाही पुगेर कांग्रेस प्रवेश गरेका हुन्। उनलाई कांग्रेस सभापति गगनकुमार थापाले पार्टीमा स्वागत गरेका थिए।
सामाजिक सञ्जालमार्फत उनले पार्टीभित्र सीमित व्यक्तिको प्रभाव, चाकरीवाद, आलोचना अस्वीकार गर्ने प्रवृत्ति र कमजोर आन्तरिक लोकतन्त्रका कारण निराश भई पार्टी छोडेको बताएका छन्।
मनहरी गाउँपालिकाका पराजुली २०७९ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर–२ बाट उम्मेदवार बनेका थिए र तेस्रो भएका थिए। आगामी निर्वाचनमा टिकट नपाएपछि उनी असन्तुष्ट बनेका थिए। उनी यसअघि लामो समयदेखि कांग्रेससँग आबद्ध नेता हुन्।
हेर्नुहाेस् भरत पराजुलीकाे फेसबुक पाेष्टः






