Everest Face
शैक्षिक सुधार गर्न अभिभावकलाई पढाउँदै बेनीघाट राेराङ गाउँपालिका 

बेनीघाट रोराङ गाउँपालिकाले अध्यक्षसँग अभिभावक कार्यक्रम - २०८२ अन्तर्गत “टोल टोलमा अभिभावक शिक्षा, घर घरमा समीक्षा” भन्ने मूल नाराका साथ अभिभावक शिक्षा अभियान सञ्चालन गरिरहेको छ । 

अभिभावकहरूमा शैक्षिक सचेतना बढाउन सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिका अभिभावक शिक्षा अभियान सञ्चालनमा ल्याएको हो । 

बेनीघाट रोराङ गाउँपालिका शिक्षा शाखाको सक्रियतामा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा अधिकृत तथा गाउँपालिकाका अन्य कर्मचारी, पदाधिकारी तथा शिक्षकहरूको उपस्थितिमा गाउँपालिकाको वडा नम्बर ६ स्थित बुमपाङबाट अभियानको सुरुवात गरिएको हो ।

bibek-thapaliya-(16)-1718979366.jpg
कृष्ण बहादुर थपलिया (विवेक), अध्यक्ष, बेनीघाट राेराङ गाउँपालिका ।

हालसम्म बेनीघाट राेराङ गाउँपालिकाका वडा नम्बर २, ४, ६, ९ र १० गरि पाँच वटा वडाहरूमा कार्यक्रम सम्पन्न भइसकेको र बाँकी वडाहरूमा निरन्तर अभियान सञ्चालन गर्दै जाने गाउँपालिकाका शिक्षा अधिकृत बोधराज पाठकले जानकारी दिए ।

अभियानबाट अभिभावकहरू निकै उत्साहित भएको शिक्षा अधिकृत पाठकले बताए । 

"हामीले हालसम्म पाँच वटा वडाहरूमा कार्यक्रम सम्पन्न गर्याैँ । यस अभियानबाट अभिभावकहरू निकै उत्साहित हुनुहुन्छ । राम्रो रेस्पाेन्स दिनुभएको छ", उनले भने, "पालिकाको शैक्षिक सुधारमा यस अभियानले टेवा पुग्ने विश्वास लिएका छौँ ।"

Bodharaj_Patha-1747980020.jpg
बाेधराज पाठक, शिक्षा अधिकृत, बेनीघाट राेराङ गाउँपालिका । 

भौगोलिक विकटता, चेतनाको अभाव, गरिबी र कुपोषणले व्याप्त अति सीमान्तकृत चेपाङ समुदाय तथा आफ्ना बालबालिकालाई नियमित पढ्न पठाउनु पर्छ भन्ने सामान्य ज्ञान समेत नभएका अभिभावकहरूलाई लक्षित गर्दै, विकट गाउँ बस्तीहरूमा चेतना फैलाउँदै विद्यालय भर्नादर बढाउन, पढ्ने उमेरका बालिबालिकाहरुलाई अनिवार्य विद्यालय पठाउन प्रोत्साहित गर्न तथा आफ्ना बालबालिकाहरू प्रति अभिभावकको कर्तव्य बोध गराउने उद्देश्यले यो अभियान सञ्चालनमा ल्याएको हो ।

Free-Education--(1)-1718777454.jpg
बेनीघाट राेराङ-१, स्थित श्री जरुङ सिमटार आविका विद्यार्थीहरू ।

खेतीपातीको याममा आफ्नो दैनिक कार्य व्यस्तताका कारण दिउँसोको समयमा अभिभावकहरू भेट्न नसकिने र गाउँपालिकाको दैनिक सेवा प्रवाहलाई समेत असर नपर्ने गरी गाउँपालिकाले साँझको समयमा अभियान सञ्चालन गर्ने उपयुक्त समय रोजेर अभियान सञ्चालन गरेको छ ।

त्यसैगरी भाषणको माध्यमबाट मात्रै अभियान सञ्चालन गर्दा अभिभावकहरूले सुन्न र बुझ्न नरुचाउने हुँदा अभियानलाई थप सरल र सार्थक तरिकाबाट अभिभावक सम्म पुऱ्याउन साङ्गीतिक तथा मनोरञ्जनको माध्यमबाट चेतनाको आवाज छर्ने नीति लिइएको छ ।

भाषणको माध्यमबाट मात्रै अभियान सञ्चालन गर्दा अभिभावकहरूले सुन्न र बुझ्न नरुचाउने हुँदा अभियानलाई थप सरल र सार्थक तरिकाबाट अभिभावक सम्म पुऱ्याउन साङ्गीतिक तथा मनोरञ्जनको माध्यमबाट चेतनाको आवाज छर्ने नीति लिइएको छ ।

शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको बेनीघाट राेराङ गाउँपालिकाले पालिकाको कुल बजेटको ३३ प्रतिशत भन्दा बढी बजेट शिक्षामा लगानी गरिरहेको छ । 

499528201_666288996389724_8744630946235064932_n-1748001023.jpg
 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update