नेपाल क्योकुशिन–सेइसिन काईकान कराँते सङ्घले गुरु पूर्णिमा विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
सङ्घले आज गुरु पूर्णिमाको दिन भक्तपुरको सूर्यविनायकस्थित योयो पार्टी भेन्युमा कार्यक्रमको आयोजना गरेको हो ।
सङ्घका अध्यक्ष अशोक कुमार श्रेष्ठको सभापतित्व, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाको प्रमुख आतिथ्ययतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नम्बर–८ का अध्यक्ष पुष्पराज बस्नेत, सङ्घका विभिन्न जिल्लाका ब्रान्च चिफहरू, प्रशिक्षकहरू तथा खेलाडीहरू उपस्थित थिए ।
कार्यक्रममा बोल्दै सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाले खेलले व्यक्तिगत स्वास्थ्यको लागि मात्र नभई देशलाई चिनाउन समेत भूमिका खेल्ने बताए ।
“यो खेल आफ्नो स्वास्थ्य र आत्मरक्षाको लागि मात्र होइन । वास्तवमा यसले देशलाई नै चिनाइरहेको हुन्छ । विभिन्न देशमा अन्तर्राष्ट्रिय जगतमा हाम्रा खेलाडीहरू प्रदर्शन गरिरहेका हुन्छन् । जसले हाम्रो शिर ठाडो पारिरहेको हुन्छ ।”, मेयर थापाले भने ।
मेयर थापाले खेल जगतको लागि स्थानीय सरकारले पहिलादेखि नै प्राथमिकता दिइरहेको र आगामी दिनहरूमा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।
“खेलकुदको लागि हामीले सधैँ प्राथमिकता दिँदै आएका छौँ । भोलिका दिनहरूमा पनि कञ्जुस्याईँ नगरी बजेट विनियोजन गर्ने छु ।”, मेयर थापाले भने ।
सूर्यविनायक नगरपालिका वडा नम्बर–८ का अध्यक्ष पुष्पराज बस्नेतले देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन खेलकुद सधैँ अग्रणी भूमिकामा रहने गरेको बताए ।
“देशलाई चिनाउने सवालमा खेलकुद सधैँ अगाडी देखिन्छ । जसले गर्दा हामीले खेल जगतलाई प्राथमिकता दिनुपर्छ”, वडाध्यक्ष बस्नेतले भने, “खेल जगतको विकासको लागि हामी सधैँ तपाईँहरूको साथमा छौँ ।”
सङ्घका अध्यक्ष अशोक कुमार श्रेष्ठले खेलकुद जगतमा कराँते खेलको विशेष महत्त्व रहेको र यसको विकासको लागि राज्यले थप चासो राख्नुपर्ने धारणा राखे ।
अध्यक्ष श्रेष्ठले स्थानीय सरकारबाट पनि सहयोगको अपेक्षा राखिएको र त्यसलाई स्थानीय सरकारले सम्बोधन गर्नेमा आफू ढुक्क रहेको बताए ।
अन्य तस्बिरहरूः
-1752142639.jpg)
-1752142634.jpg)
-1752142636.jpg)
-1752142640.jpg)
-1752142633.jpg)
-1752142629.jpg)
-1752142626.jpg)
-1752142627.jpg)
-1752142629.jpg)
-1752142614.jpg)
-1752142612.jpg)
-1752142554.jpg)
-1752142542.jpg)
-1752142543.jpg)
-1752142546.jpg)
-1752142546.jpg)
-1752142551.jpg)
-1752142556.jpg)
-1752142554.jpg)
-1752142550.jpg)
-1752142549.jpg)
-1752142556.jpg)
-1752142558.jpg)
-1752142561.jpg)
-1752142559.jpg)
-1752142561.jpg)
-1752142565.jpg)
-1752142566.jpg)
-1752142567.jpg)
-1752142569.jpg)
-1752142569.jpg)
-1752142575.jpg)
-1752142575.jpg)
-1752142573.jpg)
-1752142572.jpg)
-1752142578.jpg)
-1752142578.jpg)
-1752142581.jpg)
-1752142581.jpg)
-1752142583.jpg)
-1752142584.jpg)
-1752142586.jpg)
-1752142588.jpg)
-1752142590.jpg)
-1752142591.jpg)
-1752142593.jpg)
-1752142594.jpg)
-1752142604.jpg)
-1752142604.jpg)
-1752142607.jpg)
-1752142610.jpg)
-1752142615.jpg)
-1752142617.jpg)
-1752142621.jpg)
-1752142621.jpg)
-1752142619.jpg)
-1752142625.jpg)
-1752142623.jpg)
-1752142631.jpg)
-1752142631.jpg)
-1752142636.jpg)
-1752142638.jpg)
-1752142641.jpg)
-1752142642.jpg)

-1752142646.jpg)
-1752142645.jpg)
-1752142643.jpg)
तस्बिरः चन्द्र तामाङ/एभरेष्ट फेस





