Everest Face
नेपाल क्योकुसिन सेइसिन काइकान कराँते सङ्घ धादिङ जिल्ला समिति गठन हुँदै

नेपाल क्याेकुसिन सेइसिन काइकान कराँते सङ्घको धादिङ जिल्ला कार्यसमिति गठन हुने भएको छ ।

"स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद" भन्ने मूल नाराका साथ सङ्घको कार्यसमिति गठनको लागि आउने शुक्रवार प्रथम जिल्ला भेला बोलाइएको छ । 

कार्यक्रम गजुरी-१, गजुरी बजारस्थित रूम्बा हाेटलमा १६ गते (शुक्रवार)  बिहान १० बजे होटलको सभाहलमा हुने आयोजकले जानकारी दिएको छ । 

धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिंह तामाङको प्रमुख आतिथ्ययतामा कार्यक्रम हुने जनाएको छ । 

कार्यक्रमबारे जानकारी गराउँदै आयोजक समिति सदस्य तथा सङ्घका गुरु जयराम थिङ तामाङले सबै खेलप्रेमी तथा खेलाडीहरूलाई कार्यक्रममा सहभागिता जनाउन अनुरोध गरेका छन् । 

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  २२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update