Everest Face
कक्षा १२ काे परीक्षामा बेनीघाट राेराङका  ६८.७३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८२ मा सञ्चालित कक्षा १२ काे परीक्षामा बेनीघाट राेराङ गाउँपालिकाका ६८.७३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

हालै सार्वजनिक भएको नतिजा अनुसार बेनीघाट राेराङका कुल ३२३ जनामध्ये २२२ विद्यार्थी उत्तीर्ण भएका हुन् । 

नतिजा अनुसार ब्राइटफ्युचर मावि (मलेखु) शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । यस माविबाट परीक्षामा सहभागी भएका १० जनामध्ये १० जना नै उत्तीर्ण भएका छन् । 

त्यसैगरी शंखादेवी मावि, मझिमटारका ३९ जनामध्ये ३५ जना, अर्थात् ८९.७४ प्रतिशत, राष्ट्रिय मावि, खाेरभञ्ज्याङका १४ जनामध्ये ११ जना अर्थात् ७८.५७ प्रतिशत, बागेश्वरी मावि, रिचाेकटारका १७० जनामध्ये १२५ जना अर्थात् ७३.५३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

त्यस्तै पिपलभञ्ज्याङ मावि, ताल्तीका १७ जनामध्ये ११ जना अर्थात् ६४.७१ प्रतिशत र चन्द्रोदय मावि, विशालटारका ७३ जनामध्ये ३० जना अर्थात् ४१.१० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 

यस वर्ष समग्र राष्ट्रिय नतिजालाई हेर्दा कुल ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बेनीघाट राेराङकाे नतिजा राष्ट्रिय नतिजाभन्दा राम्रो देखिएको छ । 

शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बेनीघाट राेराङ गाउँपालिकाले नतिजामा पनि उल्लेख्य सुधार हासिल गरिरहेको छ । 

यस गाउँपालिकाले २०८१ सालमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) काे नतिजामा उल्लेख्य सुधार गरेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update