Everest Face
तस्बिरमा गाेसाइँकुण्डकाे जनैपूर्णिमा मेला (फोटो फिचर) 

जनैपूर्णिमाको अवसरमा रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने मेला सम्पन्न भएको छ । हिजो साउन २४ गते जनैपूर्णिमाकाे दिन हजारौँ भक्तजनहरूको सहभागितासहित मेला सम्पन्न भएको हो । 

नागपञ्चमीदेखि सुरु भई साउन शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाका दिनसम्म लाग्ने मेलामा करिब दश हजार भक्तजनहरूले गोसाईंकुण्डमा स्नान गरी पूजाआराधना गर्दै मेला भरेको गोसाईंकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

gosaikunda_mela-(32)-1754794838.jpg
गाेसाइँकुण्ड मेला ।

उच्च हिमाली क्षेत्र भएकाले मेलामा आउने भत्तजनहरुका लागि लेक लागेर पर्न सक्ने समस्यालाई गोसाईंकुण्ड गाउँपालिका, जनस्वास्थ्य कार्यालय, रसुवा अस्पताल, हिमालय उद्गार समाज, योङ कम्युनिष्ट लिग तथा अनेरास्वबियू क्रान्तिकारी, र लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ श्रीनाथगणले निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गरेका थिए । मेलामा नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाली सेनाको उद्धार टोली समेत तयार गरी परि चालन गरिएको थियो । 

gosaikunda_mela-(15)-1754794654.jpg
मेलामा बाेन्बाेहरू ।

पौराणिक कथन अनुसार परापूर्व कालमा देवता र दानवबीच लडाई हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आउनुभई भगवान् शिवले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात् त्रिशूल धाराको उत्पत्ति भई त्रिशूल धाराको पानीबाट गोसाईंकुण्डको उत्पत्ति भएको भन्ने किम्बदन्ती रहेको पाइन्छ ।

gosaikunda_mela-(23)-1754794640.jpg
मेलामा स्नान गर्दै भक्तजनहरू ।

कुण्डमा स्नान गरी गोसाईवावा भगवान् शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफूले चिताएको सबै मनोकाङ्क्षाहरू पुरा हुने जनविश्वासका साथ बर्सेनि हजारौँ हजार भक्तजनहरू कुण्डमा स्नान गर्न आउने गर्दछन् ।

समुद्री सतह देखि ४ हजार ३ सय ८० मिटरको उचाइमा रहेको गोसाईंकुण्ड सन् २००७ सेप्टेम्वरमा रामसार सूचिमा समेत सूचीकृत छ । गोसाईंकुण्ड गाउँपालिका-५ मा अवस्थित गोसाईंकुण्डमा हरेक वर्ष गंगादशहरा र जनैपूर्णिमामा गरी २ पटक मेला लाग्ने गर्दछ ।

gosaikunda_mela-(33)-1754794839.jpg
माैलिक भेषभुषामा सजिएर मेलामा सहभागी भएकाहरू ।

धार्मिकस्थल गोसाईंकुण्ड जानका लागि धुन्चे–गोसाईंकुण्ड, ठाडेपाटी–गोसाईंकुण्ड, यार्सा–गोसाईंकुण्ड र सागरकुण्ड–गोसाईंकुण्ड गरी चारवटा पदमार्ग सञ्चालनमा छन् । काठमाडौँ–धुन्चे–गोसाईंकुण्ड पदमार्ग भने यात्रुहरू सबैभन्दा बढी चल्ती हुने बाटो हो ।

अन्य तस्बिहरूः

gosaikunda_mela-(30)-1754794841.jpg

gosaikunda_mela-(31)-1754794841.jpg

gosaikunda_mela-(9)-1754794663.jpg

gosaikunda_mela-(10)-1754794661.jpg

gosaikunda_mela-(11)-1754794660.jpg

gosaikunda_mela-(12)-1754794657.jpg

gosaikunda_mela-(14)-1754794654.jpg

gosaikunda_mela-(19)-1754794647.jpg

gosaikunda_mela-(18)-1754794647.jpg

gosaikunda_mela-(16)-1754794650.jpg

gosaikunda_mela-(17)-1754794650.jpg

gosaikunda_mela-(21)-1754794643.jpg

gosaikunda_mela-(22)-1754794640.jpg

gosaikunda_mela-(23)-1754794640.jpg

gosaikunda_mela-(27)-1754794635.jpg

gosaikunda_mela-(26)-1754794636.jpg

gosaikunda_mela-(20)-1754794644.jpg

gosaikunda_mela-(24)-1754794638.jpg

gosaikunda_mela-(25)-1754794637.jpg

gosaikunda_mela-(28)-1754794631.jpg

gosaikunda_mela-(29)-1754794631.jpg

तस्बिरः चन्द्र तामाङ/एभरेष्ट फेस 

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update