मुस्ताङ जिल्लामा अवस्थित मुक्तिनाथ नेपालकै प्रमुख तथा पवित्र तीर्थस्थलमध्ये एक हो। समुद्री सतहदेखि करिब ३,७१० मिटर उचाइमा रहेको यो तीर्थस्थल हिन्दु र बौद्ध दुवै धर्मका लागि समान रूपमा पवित्र मानिन्छ।
हिन्दु धर्ममा मुक्तिनाथलाई भगवान् विष्णुको अवतारका रूपमा पुजिन्छ भने बौद्ध धर्ममा यसलाई अवलोकितेश्वर (चेनरेजी) सँग सम्बन्धित पवित्र स्थल मानिन्छ। यहाँ रहेको १०८ धाराहरू (मुक्तिधारा) र सदैव बलिरहने प्राकृतिक ग्यासबाट बनेको ज्वाला (ज्वाला माई) विशेष आकर्षण हुन्। भक्तजनहरूले धारामा स्नान गरी मोक्ष प्राप्त हुने विश्वास राख्छन्।
प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक महत्वका कारण मुक्तिनाथ स्वदेशी तथा विदेशी तीर्थयात्री र पर्यटकहरूको प्रमुख गन्तव्य बनेको छ।
तस्बिरहरूः चन्द्र तामाङ
-1767579859.jpg)
-1767579983.jpg)
-1767579922.jpg)

-1767579866.jpg)
-1767579862.jpg)
-1767579865.jpg)
-1767579864.jpg)
-1767579862.jpg)
-1767579861.jpg)
-1767579860.jpg)
-1767579859.jpg)
-1767579853.jpg)
-1767579856.jpg)
-1767579856.jpg)
प्रकाशित मिति: सोमबार, पुस २१, २०८२ ०८:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय





