चुँरीबुकी (चौँरीखर्क) रुकुमपूर्वको पूर्वी भागमा बागलुङको सिमाना र उत्तरमा पुथा उत्तरगंगासँग सीमा जोडिएको बुकी हो । यो स्थान समुन्द्र सतह देखि ३ हजार ९ सय ९० मिटर उचाइमा छ ।
यो अग्लो समतल स्थानबाट सबै डाँडा पाखा, हिमाल र केही गाउँ ठाउँ देख्न सकिन्छ । पूर्वतिर समतल ढोरपाटनको केही भाग र छोमटुङका भाग देख्न सकिन्छ । माछापुच्छ्रे, धौलागिरि, पुत्ता र सिस्ने हिमाल पनि यही बुकीबाट नियाल्न सकिन्छ ।
यस ठाउँमा जेठदेखि सयौँ प्रकारका फूलहरू फुल्न सुरु गर्छन् । असारको महिना १५ गतेदेखि बुकी पाटन भरी सयौँ थरिका फूलले सिँगार्छन् ।
फुल फुल्ने सिजनमा फुलहरूसँग रमाउन र हिउँ पर्ने समयमा हिउँ खेल्न यहाँ पर्यटकहरू पुग्छन् ।
तस्बिरहरूः
-1761907359.jpg)

-1761907401.jpg)
-1761907443.jpg)
-1761907430.jpg)
-1761907443.jpg)
-1761907430.jpg)
तस्बिरः चन्द्र तामाङ
प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२ १६:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय





