
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन् ।
उनले मङ्गलवार साँझ बागमती प्रदेश सभाको बैठकमा विश्वासको मत पाएका हुन् ।
१ सय १० सदस्यीय बागमती प्रदेश सभामा उनका पक्षमा ६३ मत आएको छ । नेकपा एमाले र काँग्रेस गठबन्धनका साउन २० गते बानियाँ मुख्यमन्त्री बनेका थिए । तर काङ्ग्रेसभित्रै निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा पक्षधर १४ सांसद असन्तुष्ट भएपछि मङ्गलवार दिउँसो ४ बजेलाई तोकिएको विश्वासको मत लिने तालिका पछि सरेको थियो ।
काँग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनपछि असन्तुष्ट पक्ष हेटौँडा आएर संसदीय दलको बैठक बसेर एकमना भएर अघि बढ्ने निर्णयपछि बानियाँलाई सहज बनेको हो । प्रदेश सभामा सबैभन्दा ठुलो दल काँग्रेसको ३७ र साझेदार एमालेका २७ सभासद् छन् ।
यस्तै प्रतिपक्षी नेकपा माओवादीका २१, राप्रपाका १३ (सभामुख सहित), नेकपा एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।