-1756552704.jpg)
काठमाडौँको किर्तिपूरस्थित मच्छेगाउँमा राष्ट्रिय लाखे नाच प्रदर्शनी सांस्कृतिक तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ ।
नेपाल सांस्कृतिक कला मन्दिरले आयोजना गरेकाे कार्यक्रममा विभिन्न २० भन्दा बढी जिल्लाका ४० भन्दा बढी विभिन्न सांस्कृतिक संस्था तथा समूहहरूले लाखे, मारुनी लगायत विभिन्न सांस्कृतिक झाँकीहरू प्रदर्शन गरेका छन् ।
-1756552691.jpg)
चन्द्रागिरि नगरपालिकाको विशेष सहयोगमा नेपाल सांस्कृतिक कला मन्दिरको आयोजना तथा विभिन्न विभिन्न सांस्कृतिक सङ्घसंस्था तथा समूहहरूको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।
काठमाडौँ क्षेत्र नम्बर १० बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसीको प्रमुख आतिथ्ययता र चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीको विशेष आतिथ्ययतामा कार्यक्रम सम्पन्न भएको हो ।
-1756552663.jpg)
कार्यक्रममा बोल्दै सांसद केसीले लाखे नाच नेवा समुदायको मात्र नभई सिङ्गो नेपालकै एक महत्त्वपूर्ण सांस्कृतिक सम्पदा भएको र यसको जगेर्ना गर्नू सबैको दायित्व भएको बताए ।
-1756552671.jpg)
सांसद केसीले लाखे नाचको संरक्षणको लागि गरेको प्रयास सराहना गरे ।
त्यस्तै चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरिले नगरपालिकाले संस्कृतिको संरक्षणको लागि प्राथमिकताका साथ काम गरिरहेको बताए ।
-1756552670.jpg)
मेयर गिरीले नेवा समुदायको लाखे नाचको मात्र नभई नगरभित्रका अन्य समुदायका संस्कृतिको संरक्षण गर्न विभिन्न कार्यक्रम तथा योजनाहरू कार्यान्वयन भइरहेको बताए ।
श्री कंकाली माध्यमिक विद्यालयका प्रअ एवम् शिक्षाविद् विष्णु पनेरूले चन्द्रागिरी नगरपालिका धार्मिक तपाेभूमि, सांस्कृतिक रूपमा सम्पन्न, इतिहास, कलाले भरिपूर्ण रहेकाे बताए । लाखे नाच चन्द्रागिरिकाे एक महत्वपूर्ण साँस्कृतिक निधि भएकाे र यसकाे संरक्षणकाे लागि सबैकाे साझा प्रयास जारी रहेकाे बताए ।
एउटै विद्यालयमा ४२ वर्षसम्म सेवा गरेर कंकाली माविलाई उत्कृष्ट विद्यालय बनाउन महत्वपूर्ण याेगदान दिएका शिक्षाविद् पनेरूले शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए ।
-1756552673.jpg)
नेवा समुदायको महत्त्वपूर्ण लाखे नाच संस्कृतिको संरक्षण तथा संवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले प्रत्येक वर्ष राष्ट्रिय लाखे नाच प्रदर्शनी कार्यक्रम आयोजना गर्दै आएको कला मन्दिरका अध्यक्ष रमेश शाहीले जानकारी दिए ।
अन्य तस्बिरहरूः
तस्बिरः चन्द्र तामाङ