धादिङको बेनीघाट रोराङ गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरिएको छ ।
आज नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्ययतामा एक भव्य समारोहबीच भवनको उद्घाटन गरिएको हो ।
विशालटारस्थित पुरानो प्रशासनिक भवन परिसरमा करिब १४ करोड रुपैयाँको लागतमा ३८ कोठे सुविधा सम्पन्न भवन निर्माण गरिएको हो ।
२०७७ जेठमा तत्कालीन सङ्घीय सांसद भूमि प्रसाद त्रिपाठी र तत्कालीन गाउँपालिका अध्यक्ष पित्त बहादुर डल्लाकोटी ‘हरि’ले संयुक्त रूपमा भवनको शिलान्यास गरेका थिए । शिलान्यास भएको झन्डै साढे पाँच वर्षपछि भवनको निर्माण सम्पन्न भएको हो ।
भवन उद्घाटन समारोहमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेनीघाट रोराङ गाउँपालिका देशकै नमुना पालिका बनेको र पालिकाको प्रशासनिक भवन पनि निकै आकर्षक सुविधा सम्पन्न बनेको भन्दै बधाई दिए ।
‘यो बेनीघाट रोराङ गाउँपालिका देशकै उत्कृष्ट र नमुना पालिका हो । भवन पनि उत्कृष्ट नै बनेको छ । सम्पूर्ण बेनीघाट रोराङबासी आम जनसमुदायलाई बधाई छ’, दाहालले भने, “गाउँपालिकाले अब नयाँ भवनबाट अझै उत्कृष्ट सेवा प्रवाह गर्ने छ भन्ने विश्वास छ ।”
देशको अन्योलग्रस्त राजनीतिक अवस्थाबारे बोल्दै संयोजक दाहालले देशलाई नयाँ शिराबाट अगाडि बढाउन बलियो राष्ट्रवादी शक्तिको आवश्यकता भएकोले पार्टीहरू एकीकरण गर्दै नेपाली कम्युनिष्ट पार्टी गठन गरिएको बताए । नयाँ पिँडीका युवाहरूको चाहना र भावनाको कदर गर्दै उनीहरूको मागप्रति संवेदनशील भएर नै नयाँ राजनीतिक मोडमा आफूहरू उभिएको उनले बताए ।
“देशलाई सही दिशामा राजनीतिक स्थायित्व, विकास र समृद्धिको मार्गमा अघि बढाउन नयाँ एकीकृत शक्ति निर्माण गरिएको हो”, संयोजक दाहालले भने, “अब यो देशको नेतृत्व हाम्रो पार्टीले गर्नेछ ।”
अन्योलग्रस्त राजनीतिक अवस्थाबाट देशलाई निकास दिन निर्वाचन नै अन्तिम विकल्प भएको र फागुनमा निर्वाचन हुनुपर्ने संयोजक दाहालले बताए ।
त्यस्तै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवम् निवर्तमान सङ्घीय सांसद राजेन्द्र प्रसाद पाण्डेले बेनीघाट रोराङले नयाँ र भव्य प्रशासनिक भवनको निर्माण सम्पन्न गरेको भन्दै बधाई दिए । नेता पाण्डेले नयाँ भवन मात्र बनेर जनताको आवश्यकता, आकाङ्क्षा र भावनाहरूको सम्बोधन नहुने भन्दै सेवा प्रवाहमा चुस्तता आउनुपर्ने बताए ।
“नयाँ भवन मात्र बनेर हुँदैन । त्यहाँबाट दिइने सेवा र सुविधा प्रधान कुरा हो”, नेता पाण्डेले भने, “कुर्चिमाा बस्ने मान्छे सही हुनुपर्छ । अहिले बेनीघाटले सही नेतृत्व पाएको छ । भोलिका दिनमा पनि सही र सक्षम नेतृत्व पाउनुपर्छ ।”
त्यस्तै नेता पाण्डेले धादिङ र गोरखाको समृद्धि र विकासको मेरुदण्ड मानिएको बुढी गण्डकी जलविद्युत आयोजनाको काम अगाडि बढाउन नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् ।
नेता पाण्डेले पृथ्वी राजमार्गमा सवारी चाप बढेको र अब विकल्पको रूपमा त्रिशूली नदिको पारी किनारबाट पनि अर्को राजमार्ग बनाउनुपर्ने बताए ।
बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)ले गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण सम्पन्न भएकोमा खुशी व्यक्त गरे ।
अध्यक्ष थपलियाले गाउँपालिकावासीको विकास र समृद्धिको सपना पुरा हुँदै गएको र त्यसमा आफूले भूमिका खेल्न पाउँदा गर्भ लागेको बताए ।
अध्यक्ष थपलियाले आफ्नो कार्यकालमा प्राप्त गरेका उपलब्धि तथा प्रयासहरूबारे ब्रिफिङ गरेका थिए ।
बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) को सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवम् निवर्तमान सङ्घीय सांसद राजेन्द्र प्रसाद पाण्डे, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवम् बागमती प्रदेश सभा सदस्य शालिकराम जम्मकटेल, पूर्वमन्त्री गङ्गलाल तुलाधर लगायत विशिष्ट अतिथिहरूको उपस्थिति थियो ।
त्यस्तै धादिङका अन्य विभिन्न स्थानीय तहका प्रमुखहरू, पालिकाका सबै जनप्रतिनिधिहरू, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, शिक्षक, विद्यार्थी लगायत पालिकावासीहरूको उपस्थिति थियो ।
कार्यक्रममा बेनीघाट राेराङकाे "शिक्षाकाे लागि भिक्षा" अभियानमा दान गर्ने व्यक्ति तथा संस्थाहरूलाई सम्मानित गरिएकाे छ । त्यस्तै माध्यमिक शिक्षा परिक्षा एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरूलाई पनि नगदसहित सम्मानित गरिएकाे छ ।
समाराेहमा विभिन्न विद्यालयका विद्यार्थीहरूले गरेका सिर्जनात्मक सामाग्रीहरूकाे प्रदर्शनी गरिएकाे थियाे ।
अन्य तस्बिरहरूः
-1764162383.jpg)
-1764162381.jpg)
-1764162381.jpg)
-1764162379.jpg)
-1764162376.jpg)
-1764162383.jpg)
-1764162371.jpg)
-1764162374.jpg)
-1764162376.jpg)
-1764162371.jpg)
-1764162363.jpg)
-1764162365.jpg)
-1764162363.jpg)
-1764162366.jpg)
-1764162361.jpg)
-1764162360.jpg)
-1764162359.jpg)
-1764162359.jpg)
-1764162353.jpg)
-1764162353.jpg)
-1764162355.jpg)
-1764162355.jpg)
-1764162346.jpg)
-1764162343.jpg)
-1764162346.jpg)
-1764162335.jpg)
-1764162337.jpg)
-1764162338.jpg)
-1764162340.jpg)
-1764162341.jpg)
-1764162370.jpg)
तस्बिरः चन्द्र तामाङ/नबराज तामाङ





