“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ प्रथम सोनाम ल्होछार कप खुल्ला 7A-साइड नकआउट फुटबल प्रतियोगिता आगामी २०८२ साल माघ २ र ३ गते गजुरी–५ स्थित डोल भञ्ज्याङ फुटबल ग्राउण्ड, गहुँखोलामा आयोजना हुने भएको छ।
रुम्बा युवा क्लबको आयोजनामा हुन लागेको उक्त प्रतियोगिताले स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै स्वस्थ समाज निर्माणमा योगदान पुग्ने आयोजकले जनाएको छ।
आयोजकले प्रतियोगितालाई भव्य र सभ्य बनाउन नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनी, खेलप्रेमी, समाजसेवी र आम नागरिकलाई उपस्थितिका लागि आग्रह गरेका छन्। साथै प्रतियोगिता सफल बनाउन आर्थिक सहयोगको समेत अपेक्षा गरिएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले २०८२ साल पुस ३० गतेभित्र टिम दर्ता गरिसक्नुपर्ने जनाइएको छ।
-1767948265.jpg)





