Everest Face
सामाजिक अभियन्ता आशिका तामाङद्वारा स्वतन्त्र उम्मेदवारी घोषणा

सामाजिक अभियन्ता आशिका तामाङले आगामी संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । पछिल्लो समय राजनीतिक सहभागिताबारे गम्भीर छलफल र आत्ममन्थनपछि उनले कुनै पनि दलमा आवद्ध नहुने निर्णय लिँदै काठमाडौँ निर्वाचन क्षेत्र नं. २ र ९ लाई प्राथमिकतामा राखेर चुनावी प्रतिस्पर्धामा उत्रिने घोषणा गरेकी हुन् ।

आशिकाले विशेष गरी Gen-Z पुस्तासँगको संवाद, सामाजिक सञ्जालमार्फत प्राप्त सुझाव तथा जनभावनालाई आधार मानेर स्वतन्त्र धार रोजेको बताएकी छन् । युवाहरूका आवाज, जनसरोकारका मुद्दा, पारदर्शिता र भ्रष्टाचारविरुद्धको सङ्घर्षलाई संसददेखि सडकसम्म सशक्त रूपमा उठाउने प्रतिबद्धता उनले जनाएकी छन् ।

उनले यो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाभन्दा नयाँ पुस्ताको आवाज र जबाफदेही राजनीतिप्रतिको अठोटबाट प्रेरित भएको बताउँदै स्वच्छ र सचेत राजनीतिका लागि सबैको साथ र सहकार्यको अपेक्षा गरेकी छन् ।

प्रकाशित मिति: शनिबार, पुस २६, २०८२  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update