Everest Face
ओलीलाई बालेनको जवाफ: हत्यारासँग एउटै मञ्चमा बस्न सक्दिन

निर्वाचनको सरगर्मी बढेसँगै प्रमुख दलका शीर्ष नेताबीच ‘पब्लिक डिबेट’ (सार्वजनिक बहस) गर्ने विषयले नेपाली राजनीति तातेको छ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक बहसमा सहभागी हुन तयार रहेको घोषणा गरेपछि त्यसको कडा जवाफ झापा–५ बाट ओलीसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले दिएका छन्।

सामाजिक सञ्जालमार्फत ओलीले देश बनाउने र देश जलाउने शक्तिबीच प्रतिस्पर्धा भइरहेको उल्लेख गर्दै पारदर्शी बहसका लागि आफू तयार रहेको बताएका थिए। ओलीले देशको नेतृत्व गर्न खोज्ने दलहरूको एजेण्डा, विगतका काम र भविष्यको रोडम्यापबारे आमनेसामने बहस आवश्यक भएको दाबी गरेका छन्। उनले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएका सबै पक्षलाई एउटै मञ्चमा ल्याएर सार्वजनिक बहस आयोजना गर्न आग्रहसमेत गरेका छन्।

ओलीको उक्त प्रस्ताव सार्वजनिक भएपछि मेयर बालेन शाहले भने त्यसलाई अस्वीकार गर्दै तीव्र प्रतिक्रिया दिएका छन्। ओलीको स्ट्याटसमा टिप्पणी गर्दै बालेनले आफू ‘हत्याराको मतियार’सँग एउटै मञ्चमा उभिन नसक्ने स्पष्ट पारेका छन्।

बालेनले लेखेका छन्, ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ। २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो। आफूलाई आतङ्कवादी चाहिँ कहिले स्विकार्ने हो ?’

उनले थप लेखेका छन्, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।’

यससँगै सार्वजनिक बहसको प्रस्तावले प्रमुख राजनीतिक नेताबीचको विवाद थप चर्किएको छ भने चुनावी माहौल झन् तातेको देखिएको छ।

हेर्नुहाेस् स्ट्याटसमा सवाल जवाफः

Kp_Balen_Debate-1769316178.png
 

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update