कास्कीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित घान्द्रुक गाउँ एउटा सांस्कृतिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण गुरुङ गाउँ हो ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा अवस्थित घान्द्रुक समुन्द्री सतहबाट (१९४०–२०१२ मिटर) को उचाइमा रहेको छ ।
चर्चित पर्यटकीय गाउँ घान्द्रुक पोखराबाट करिब ३२ किमी उत्तर–पश्चिममा रहेको छ । यस गाउँमा सार्वजनिक बस–ट्याक्समार्फत सजिलै पुग्न सकिन्छ ।
परम्परागत घरहरू, गुरुङ सङ्ग्रहालय, सांस्कृतिक नाच–गीतहरू, शानदार हिमाल दृश्य, गुरुङ समुदायको विशिष्ट जीवनशैली, रहनसहन यस गाउँका मुख्य आकर्षणहरू हुन् । यस गाउँबाट अन्नपूर्ण साउथ, माछापुच्छ्रे, हिउँचुली र गंगापुच्छ्रे हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
घान्द्रुक अन्नपूर्ण बेस क्याम्प, पून हिल, मर्दी हिमाल आदि पदमार्गहरूको प्रवेशद्वार (गेटवे) पनि हो ।
हेरौँ तस्बिरहरू:
-1751246487.jpg)
-1751246509.jpg)
-1751246518.jpg)
-1751246512.jpg)

-1751246514.jpg)
-1751246507.jpg)
-1751246506.jpg)
-1751246504.jpg)
-1751246503.jpg)
-1751246501.jpg)
-1751246501.jpg)
-1751246499.jpg)
-1751246498.jpg)
-1751246495.jpg)
-1751246495.jpg)
-1751246492.jpg)
-1751246482.jpg)
-1751246488.jpg)
-1751246491.jpg)
-1751246482.jpg)
तस्बिरः चन्द्र तामाङ/एभरेष्ट फेस





