Everest Face

तामाङ साङ्गीतिक क्षेत्रका चर्चित गायक तथा नायक आरम्भ तामाङको नयाँ म्हेन्दोमाया गीत “सङा थुवा नम गी” सार्वजनिक गरिएको छ । 

आरम्भ तामाङ र ममता गुरुङको स्वरमा निलम तामाङको फिचर रहेको गीतलाई भिडियोसहित युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

साङ्गीतिक यात्रामा निरन्तर सक्रिय रहेका आरम्भ तामाङले यस गीतमार्फत तामाङ समुदायको मौलिक लय, परम्परा र सांस्कृतिक भावनालाई आधुनिक धारमा प्रस्तुत गरेका छन् । गीतको शब्द, सङ्गीत र स्वर सबैमा तामाङ जातिको पहिचान झल्किन्छ ।

गीतमा आरम्भ तामाङकै अभिनय रहेको छ भने, भिडियोमा तामाङ पहिरन, परम्परा र वातावरणलाई सुन्दर ढङ्गले समेटिएको छ । गीतले विशेषगरी तामाङ युवा पुस्ताको मन जित्ने अपेक्षा गरिएको छ ।

आरम्भ तामाङले यस गीतमार्फत आफ्नो साङ्गीतिक क्षमतालाई पुनः एक पटक प्रमाणित गरेका छन् । भिडियो हेर्ने दर्शकहरूले गीतको शब्द, धुन र प्रस्तुतिलाई उच्च मूल्याङ्कन गरेका छन् ।

“सङा थुवा नम गी” अहिले युट्युबमा हेर्न सकिन्छ ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update