Everest Face
जुलाईमा भित्रिए ७० हजार पर्यटक

सन् २०२५ को पहिलो सात महिनामा करिब साढे छ लाख पर्यटक नेपाल भित्रिएका छन् ।

जसमध्ये जुलाई महिनामा मात्रै ७० हजार १९३ जना अन्तर्राष्ट्रिय पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२४ को जुलाईमा ६४ हजार ५९८ विदेशी पर्यटक नेपाल आएका थिए ।

बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले भन्नुभयो, “सङ्ख्यात्मक रूपमा पछिल्लो समय नेपाल आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । भारतीय र चिनियाँ पर्यटकको आगमनमा समेत सुधार आइरहेको र भिजिट नेपाल दशक अन्तर्गत सञ्चालन भइरहेका कार्यक्रमले समेत प्रवर्धनमा जोड पुगेको छ ।”

516172932_1290854929709935_116616939975955264_n-1754115939.jpg
नेपाल टुरिजम बाेर्डले सार्वजनिक गरेकाे तथ्याङ्क ग्राफ ।

पर्यटकको आगमन दरले नेपालको पर्यटन पुनरुत्थान र नेपाल विश्वभर फेरि एक पटक लोकप्रिय गन्तव्यका रूपमा स्थापित हुँदै गइरहेको उहाँले जानकारी दिनुभयो ।  बोर्डका अनुसार जुलाईमा कुल आगमनमध्ये पहिलोमा भारत, दोस्रोमा चीन, तेस्रोमा अमेरिका, चौथोमा बङ्गलादेश र पाँचौँमा बेलायतबाट सबैभन्दा बढी पर्यटक छन् ।

कुन देशबाट कति आए ?

526901990_1290870513041710_3995702261358937445_n-1754115939.jpg
स्राेतः नेपाल टुरिजम बाेर्ड ।

बोर्डका अनुसार सन् २०२५ को जनवरीमा ७९ हजार ९९१ जना पर्यटक आएका थिए । यस्तै गरी फेब्रुअरीमा ९६ हजार ८८०, मार्चमा एक लाख २१ हजार ६८७, अप्रिलमा एक लाख १६ हजार ४९०, मेमा ८६ हजार २१६, जुनमा ७६ हजार ४२४ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए ।  

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update