-1755446101.jpg)
३१औँ तामाङ प्रसारण दिवसको अवसरमा धादिङबेशीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि रूबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ रहनुभएको थियो । उहाँले तामाङ पत्रकारिताले समुदायको भाषा, संस्कृति र पहिचान संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै अझ सशक्त र प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
-1755445690.jpg)
तामाङ पत्रकार सङ्घ जिल्ला कार्यसमिति धादिङको आयोजनामा सम्पन्न कार्यक्रममा सङ्घका जिल्ला अध्यक्ष नीर तामाङको अध्यक्षता रहेको थियो ।
अध्यक्ष तामाङले समुदायको आवाजलाई मुख्यधारको सञ्चारमा पुर्याउने उद्देश्यले प्रसारण दिवसलाई निरन्तरता दिइएको बताउँदै आगामी दिनमा पनि पत्रकारहरूलाई सङ्गठित र सक्षम बनाउन सङ्घ क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
-1755445690.jpg)
अन्तरक्रिया कार्यक्रममा पत्रकार, सञ्चारकर्मी, सामाजिक अगुवा र सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले तामाङ भाषाको प्रसारण विस्तार, सञ्चारकर्मीको क्षमता अभिवृद्धि र स्थानीय समुदायका मुद्दा मुख्यधारमा ल्याउने विषयमा आ–आफ्ना विचार राखेका थिए ।