
नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित भएका छन् । शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको निर्वाचनबाट शेर्पा निर्वाचित भएका हुन् ।
पर्वतारोहण पर्यटनको क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने सङ्घको नयाँ नेतृत्वको लागि धादिङका कुल बहादुर गुरुङ र सोलुखुम्बुका फुर गेल्जे शेर्पा समूहबीच चुनाव भएको थियो । शेर्पाले ३४२ मत प्राप्त गर्दा प्रतिस्पर्धी गुरुङले २८८ मत ल्याए ।
सङ्घका वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोध राज भण्डारी, महासचिवमा राजेन्द्र बहादुर लामा, सचिवमा चन्दन थापा निर्वाचित भएका छन् ।
कोषाध्यक्ष पदमा सुमी लामा र ङिमा नुर्बु शेर्पाले समान ३०४–३०४ मत प्राप्त गरेकाले सहमति अनुसार दुवै जनाले आधा–आधा कार्यकालका लागि गोलाप्रथा गर्ने सहमति गरिएको छ ।
त्यस्तै, सदस्यहरूमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा, निशा भोटे विजयी भएका छन् ।
कसले कति मत ल्याए ?
- अध्यक्ष
फुर गेल्जे शेर्पा: ३४२ (विजयी)
कुल बहादुर गुरुङ: २८८
- वरिष्ठ उपाध्यक्ष
ईश्वरी पौडेल: ३४५ (विजयी)
टिका गुरुङ: २५८
- प्रथम उपाध्यक्ष
काजी शेर्पा: २५६
मिङ्मा ग्याबो शेर्पा: ३५९ (विजयी)
- द्वितीय उपाध्यक्ष
बोध राज भण्डारी: ३६८ (विजयी)
धन बहादुर गुरुङ:२३८
- महासचिव
राजेन्द्र बहादुर लामा: ३१८ (विजयी)
विमल नहर्की: २०९
शिव सापकोटा: ६८
- सचिव
चन्दन थापा: ३५८ (विजयी)
ङिमा दिकी शेर्पा: २४४
कोषाध्यक्ष
ङिमा नुर्बु शेर्पा: ३०४
सुमी लामा: ३०४
(आधा आधा कार्यकालका लागि गोलाप्रथा गर्ने सहमति )
- सदस्य:
माधवकुमार धमला: २७८
केदार न्यौपाने: ३०२
थुप्देन शेर्पा: ३२६
गोकुल थापा: २८८
मुलाल गुरुङ: ३५१
देण्डी शेर्पा: ३११
विक्रम कार्की: ३०६
रिञ्जे शेर्पा: ३०१
देवेन्द्र डंगोल: २९५
दिकी शेर्पा: २८८
निशा भोटे: ३०७