Everest Face
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द 

देशभर हिंसात्मक प्रदर्शनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा वाह्य उडान प्रभावित भएको छ ।

विमानस्थल सुरक्षा प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार आन्तरिक उडानमा बिहानैदेखि यात्रु नहुँदा उडान बन्द प्रायः छ ।

अन्तर्राष्ट्रिय उडानबाट विमानस्थल अवतरण हुनुपर्ने जहाजले अवतरण गर्न नमान्दा विमानस्थल बन्द भएको छ । विदेशबाट आउने जहाज अवतरण नभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वका विभिन्न मुलुकका लागि हुने उडान पनि प्रभावित भएको हो ।

काठमाडौंको हिंसा भड्किएका कारण विभिन्न मुलुकबाट काठमाडौं आइरहेका जहाज भारतका विभिन्न विमानस्थलमा अवतरण भएका छन् । कतिपय विमान जहाँबाट आउँदै थिए, त्यतै फर्किएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update