बुलेट मोटरसाइकल राइडर्सहरूको क्लब काठमाडौं इङ्फिल्डर्सले धादिङका पत्रकार अशोक श्रेष्ठलाई सम्मानित गरेको छ ।
धादिङका विभिन्न पर्यटकीय क्षेत्रहरूको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्तिक दोस्रो साता क्लबले आयोजना गरेको टुरका क्रममा प्रचारप्रसार, समन्वय तथा सहकार्य गरेर सहयोग पुर्याएको भन्दै पत्रकार श्रेष्ठलाई कदरपत्रद्वारा सम्मानित गरेको हो ।
क्लबले आज काठमाडौँको सतुङ्गलस्थित चिया हबमा एक कार्यक्रमको आयोजना गर्दै पत्रकार श्रेष्ठ लगायत टुरलाई सफल पार्न सहयोग गर्ने व्यक्ति तथा संस्थाहरूलाई सम्मानित गरेको हो ।न
क्लबले तिहार लगतै धादिङको प्रसिद्ध भैरवी मन्दिर र त्यस परिसरका विभिन्न पर्यटकीय स्थलहरूमा प्रवर्द्धनात्मक यात्रा गरेका थिए ।
क्लबले भैरवी माविका ७० जना विद्यार्थीहरूलाई झोला र स्टेशनरी सामाग्री समेत वितरण गरेको थियो । क्लबले उक्त यात्राकाे समिक्षा र सहयाेगीदाताहरूलाई सम्मानित गर्न एक कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।
क्लबको उक्त यात्राले धादिङको पर्यटन प्रवर्द्धनमा टेवा पुगेको र आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै प्रचारप्रसारमा सहयोग पुर्याउने पत्रकार श्रेष्ठले प्रतिबद्धता जनाए ।
अनलाइन न्यूज पोर्टल साँचो खबर एचडीका सञ्चालक श्रेष्ठले पछिल्लो समय धादिङमा सक्रिय पत्रकारिता गरिरहेका छन् । साँचो खबर एचडी श्रव्यदृश्य सामाग्री (भिडियो) मार्फत विभिन्न घटना तथा गतिविधिहरूको हार्ड एण्ड फास्ट न्यूज दिएर लोकप्रिय बनिरहेको छ ।
धादिङको पर्यटन प्रवर्द्धनमा केन्द्रित भएर काम गर्ने योजना रहेको नीलकण्ठ नगरपालिका¬¬—४ का बासिन्दा समेत रहेका पत्रकार श्रेष्ठले बताए । उनले भने, “म मध्य धादिङको मान्छे हुँ, दक्षिणी धादिङको ब्रोम्दिङदेखि उत्तरी धादिङको रुबीभ्यालीसम्मको प्रवर्द्धनमा उत्तिकै योगदान पुर्याउने चाहना छ ।”





