Everest Face
पर्यटन प्रवर्द्धनमा सक्रिय काठमाडौँ इङ्फिल्डर्स क्लब: बुलेट कुदाउँदै, ठाउँ चिनाउँदै 

बुलेट मोटरसाइकल राइडर्सहरूको क्लब काठमाडौँ इङ्फिल्डर्सले बाइक टुर मार्फत पर्यटन प्रवर्द्धनमा सक्रियता बढाएको छ ।

विगत दुई वर्षदेखि नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसारमा क्लब सक्रिय हुँदै आएको छ । 

क्लबले हालसालै धादिङका विभिन्न पर्यटकीय क्षेत्रहरूको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्तिक दोस्रो साता दुई दिने टुर सम्पन्न गरेको छ । क्लबले तिहार लगतै धादिङको प्रसिद्ध भैरवी मन्दिर र त्यस परिसरका विभिन्न पर्यटकीय स्थलहरूमा प्रवर्द्धनात्मक यात्रा गरेको थियो ।

574393956_122152772444819217_6521709256185292352_n-1762958691.jpg
काठमाडौँ इङ्फिल्डर्स क्लब ।

यात्राका क्रममा क्लबले पर्यटन प्रवर्द्धनसँगै स्थानीय समुदायलाई सहयोग समेत गर्दै आएको छ । धादिङको यात्राका क्रममा क्रममा भैरवी माविका ७० जना विद्यार्थीहरूलाई झोला र स्टेशनरी सामाग्री समेत वितरण गरेको थियो । 

574087839_122152772462819217_6260367823452430163_n-1762958690.jpg
भैरवी माविमा झाेला विवतरण ।

क्लबको उक्त यात्राले धादिङको पर्यटन प्रवर्द्धनमा टेवा पुगेको र आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूमा सक्रिय रहने क्लबको योजना रहेको क्लबका सदस्य राजाराम पौडेल (रियाज) ले बताए ।

574097396_122152773578819217_1815885534142284994_n-1762958686.jpg
भैरवी यात्राकाे क्रममा ।

क्लबले यस अघि काठमाडौँ-जनकपुर, मनाङ लगायत काठमाडौँ वरिपरिका जिल्लाहरूको छोटो यात्रा गरी एक दर्जन जति प्रवर्द्धनात्मक यात्रा सम्पन्न गरेको छ । क्लबले केही समयपछि उत्तरी धादिङको रुबीभ्यालीकाे यात्रा  गर्ने तय भइरहेको क्लबका सदस्य राजाराम पौडेल (रियाज) ले बताए ।

तस्बिरः अशाेक श्रेष्ठ 

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update