धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विजयराज सुवेदी सहित जिल्लाका सुरक्षा निकायका पदाधिकारी तथा नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम र खानेपानी कार्यालयका प्रमुखहरूको संयुक्त टोलीले रुबीभ्याली गाउँपालिकाको भ्रमण गरेको छ ।
गाउँपालिकाको विकास, सेवा प्रवाह, पूर्वाधार विस्तार र सुरक्षासम्बन्धी अवस्थाको स्थलगत अध्ययन तथा स्थानीय सरोकारवाला निकायसँगको समन्वयका उद्देश्यले गरिएको उक्त भ्रमणमा टोलीले गाउँपालिकाका विभिन्न वडाहरूमा अवलोकन गरेको थियो ।
भ्रमणका क्रममा प्रमुख जिल्ला अधिकारी सुवेदीले गाउँपालिकाको भौगोलिक कठिनाइका बाबजुद पनि स्थानीयस्तरमा विकासका प्रयास सराहनीय रहेको बताए । उनले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य गरेर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता जनाए ।
त्यसैगरी, रुवा भ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङले भ्रमणप्रति धन्यवाद ज्ञापन गर्दै भने, “रुबीभ्याली भौगोलिक रूपमा चुनौतीपूर्ण भए पनि यहाँका जनताको सामूहिक प्रयास र सरकारी निकायहरूको समन्वयले विकासको गति तीव्र बन्दै गएको छ । जिल्ला प्रशासन र सम्बन्धित कार्यालयहरूको स्थलगत उपस्थिति र ध्यानले गाउँपालिकामा सेवा प्रवाह र पूर्वाधार विस्तारमा थप ऊर्जा मिलेको छ ।”
भ्रमण टोलीमा अनुसन्धान विभाग धादिङका उपनिर्देशक हुमकान्त पाण्डे, श्री भैरव गणका सेनानी उद्दव राज खरेल, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहाल, सशस्त्र प्रहरी नायब उपरीक्षक माला अवा, जिल्ला निर्वाचन अधिकारी शिव गुरुङ, नेपाल टेलिकमका जिल्ला प्रमुख विकास महर्जन, खानेपानी कार्यालयका प्रमुख दीपक थापा र नेपाल विद्युत् प्राधिकरणका इन्जिनियर उज्जनारायण श्रेष्ठ लगायतका अधिकारीहरू सहभागी थिए ।
अन्य तस्बिरहरूः






-1763002100.jpeg)
तस्बिरः याेगेन्द्र तामाङ





