Everest Face
बेनीघाट रोराङ—१ मा शैक्षिक सुधारको लागि अन्तरक्रिया तथा सुझाव सङ्कलन कार्यक्रम सम्पन्न 

धादिङको बेनीघाट रोराङ १ वडा स्तरीय शैक्षिक सुधारको लागि एक दिवसीय अन्तरक्रिया तथा सुझाव सङ्कलन कार्यक्रम सम्पन्न भएको छ । 

बेनीघाट रोराङ—१ वडा शिक्षा समितिको आयोजनामा शुक्रवार वडाको पर्यटकीय क्षेत्र ब्रोम्दिङ डाँडामा कार्यक्रम सम्पन्न गरिएको हो । बेनीघाट रोराङ—१ का वडाध्यक्ष एवम् वडा शिक्षा समितिका संयोजक जीवन सिं तामाङको अध्यक्षता र  गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठको प्रमुख अतिथियतामा कार्यक्रम सम्पन्न गरिएको हो ।

Benighat_rorang-(40)-1764338339.jpg
शैक्षिक सुधारको लागि एक दिवसीय अन्तरक्रिया तथा सुझाव सङ्कलन कार्यक्रम ।

वडाभरिका ८ वटा विद्यालयहरूका प्रअ, शिक्षक, कर्मचारी, विव्यस, शिअसं, जनप्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय समुदायको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो । 

कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले शैक्षिक विकास विना समाजको विकास हुन नसक्ने बताउँदै पालिकाले शैक्षिक विकासलाई प्रमुख प्राथमिकता दिएर काम गरिरहेको बताए । 

पालिकाको शैक्षिक उन्नयनको लागि नै शैक्षिक सुधारका लागि विभिन्न अभियानहरू सञ्चालन गरिरहेको र सोही अभियान अन्तरगत अन्तरक्रिया कार्यक्रम गरिएको बताए । 

पूर्व शिक्षक समेत रहेका उपाध्यक्ष श्रेष्ठले शैक्षिक विकासमा नहुनुमा शिक्षकलाई मात्रै दोष दिन नहुने र यसको विकासमा सबै पक्षको उत्तिकै भूमिका हुने बताए ।

benighat_rorang-(41)-1764338336.jpg
शैक्षिक सुधारको लागि एक दिवसीय अन्तरक्रिया तथा सुझाव सङ्कलन कार्यक्रम ।

त्यसैगरी विशेष अतिथि गाउँपालिकाका शिक्षा स्रोत व्यक्ति रामेश्वर पोख्रेलले विद्यालयका प्रअ तथा शिक्षकहरूले शैक्षिक सुधारका लागि विभिन्न रचनात्मक सल्लाह तथा सुझावहरू दिएको बताउँदै अब तिनको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । 

benighat_rorang-(43)-1764339122.jpg
शैक्षिक सुधारको लागि एक दिवसीय अन्तरक्रिया तथा सुझाव सङ्कलन कार्यक्रम ।

वडाध्यक्ष जीवन सिं तामाङले वडाको शैक्षिक विकासको लागि सबै सहकार्य जरुरी रहेको बताए । शैक्षिक विकास विना समाजको रूपान्तरण सम्भव नभएको बताउँदै वडाध्यक्ष तामाङले शैक्षिक विकास नै आफूहरूको प्रमुख प्राथमिकता रहेको बताए । 

कार्यक्रममा विद्यालयका प्रअहरूले विद्यालयकाे शैक्षिक गतिविधि तथा भावी याेजनाहरूबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update