Everest Face
जापान सरकारको सहयोगमा काठमाडौँमा नर्सिङ केयर सेमिनार सम्पन्न

काठमाडौँ । जापान सरकारको सहयोगमा काठमाडौँमा मिई प्रीफेक्चर नर्सिङ केयर सेमिनार सम्पन्न भएको छ। स्काईट्री एजुकेशन प्रालिको आयोजनामा तथा जापानको मिई प्रीफेक्चर सरकारको सहकार्यमा ठमेलस्थित अलोफ्ट होटलमा सेमिनार आयोजना गरिएको हो।

1000309070-1769510122.jpg
सेमिनारको उद्घाटन समारोह ।

सेमिनारमा जापानमा नर्सिङ केयर क्षेत्रमा उपलब्ध रोजगारीका अवसर, आवश्यक शैक्षिक योग्यता, भाषा तालिम, कार्यप्रणाली तथा भिसा प्रक्रियाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा नर्सिङ अध्ययनरत विद्यार्थी, स्वास्थ्यकर्मी तथा जापानमा करिअर बनाउन चाहने युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो

1000309064-1769510052.jpg
सेमिनारमा सहभागीहरू ।

कार्यक्रममा जापानको मिई प्रीफेक्चरका प्रतिनिधिहरूले जापानमा वृद्धजनसंख्या तीव्र रूपमा बढ्दै गएकाले दक्ष नर्सिङ केयर कर्मीहरूको आवश्यकता दिनानुदिन बढिरहेको जानकारी दिए। नेपालजस्ता देशका युवाहरूका लागि जापानमा नर्सिङ केयर क्षेत्र सुरक्षित र दीर्घकालीन रोजगारीको राम्रो सम्भावना भएको उनीहरूको भनाइ थियो।

1000309072-1769510100.jpg
मिई प्रीफेक्चरका प्रतिनिधिहरू ।

स्काईट्री एजुकेशन प्रालिले जापानमा अध्ययन, भाषा तालिम तथा नर्सिङ केयर रोजगारीका क्षेत्रमा व्यवस्थित र पारदर्शी सेवा प्रदान गर्दै आएको जनाएको छ। कम्पनीले यस्ता सेमिनारमार्फत नेपाली युवालाई सही सूचना उपलब्ध गराई नेपाल–जापानबीचको जनशक्ति सहकार्यलाई थप मजबुत बनाउने लक्ष्य लिएको स्काईट्री एडुकेशन प्रालिका प्रबन्धक सन्तविर लामाले बताए । 

1000309053-1769510981.jpg
सन्तविर लामा, प्रबन्धक, स्काईट्री एडुकेशन प्रालि ।

सेमिनारले जापानमा नर्सिङ केयर क्षेत्रमा भविष्य बनाउन चाहने युवाहरूका लागि महत्वपूर्ण मार्गदर्शन प्रदान गरेको आयोजकको निष्कर्ष रहेको छ।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update