Everest Face
पूर्वमन्त्री दीपक खड्का पक्राउ

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्कालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो । सीआईबी प्रमुख मनोज केसीले खड्का पक्राउ परेको पुष्टि गरेका छन् ।

खड्का केपी शर्मा ओली नेतृत्वको सरकारमा ऊर्जा मन्त्री थिए । भदौ २४ गते उनको निवासमा भएको आगजनी घटनापछि गरिएको अनुसन्धानका क्रममा त्यहाँबाट ठूलो परिमाणमा अनधिकृत रकम फेला परेको सुरक्षा स्रोतले जनाएको छ । उक्त घटनापछि उनीमाथि थप निगरानी बढाइएको थियो ।

यससँगै, खड्कामाथि नेपाल स्काउट को लैनचौरस्थित जग्गा हिनामिना (अनियमितता) सम्बन्धी आरोप पनि लागिरहेको छ । सो प्रकरणमा उनी संलग्न रहेको आशंकामा प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको छ ।

प्रहरी स्रोतका अनुसार, उनीविरुद्ध आर्थिक अनियमितता, सार्वजनिक सम्पत्ति दुरुपयोग तथा अन्य सम्भावित आपराधिक गतिविधिबारे छानबिन भइरहेको छ । अनुसन्धानको नतिजा अनुसार थप कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update