Everest Face
बेनीघाट राेराङकाे नयाँ प्रशासकीय भवनको उद्घाटन हुँदै 

धादिङको बेनीघाट रोराङ गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको यही मङ्सिर १० गते उद्घाटन गरिने भएको छ । 

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्ययतामा एक भव्य समारोह बीच भवनको समुद्घाटन गर्न लागिएको गाउँपालिकाले जनाएको छ । 

झन्डै १४ करोड रुपैयाँको लागतमा बनेको भवनमा कुल ३८ वटा कोठाहरू रहेका छन् । नयाँ भवन निकै आकर्षक र सुविधा सम्पन्न रहेको छ । 

भाडामा लिएको सानो घरबाट सेवा दिँदै आएको गाउँपालिकाले अब आफ्नै नयाँ भवनबाटै सेवा प्रवाह गर्ने भएको छ । 

२०७७ साल जेष्ठ ३० गते तत्कालीन सङ्घीय सांसद भूमि प्रसाद त्रिपाठी र तत्कालीन गाउँपालिका अध्यक्ष पित्त बहादुर डल्लाकोटी (हरि)ले संयुक्त रूपमा भवनको शिलान्यास गरेका थिए । 

भवन उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक झाँकी, पालिकाको फोटो प्रदर्शनी लगायत कार्यक्रमहरू पनि समावेश गरिएको गाउँपालिकाले जनाएको छ । 

 

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update