Everest Face
बेनीघाट रोराङकाे एसईई नतिजाकाे समीक्षा तथा २०८२ काे लक्ष्य निर्धारण कार्यक्रम सम्पन्न

बेनीघाट रोराङ गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजाको समीक्षा तथा २०८२ को लक्ष्य निर्धारण कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रवार विशालटारस्थित गाउँपालिका कार्यालयको सभाहलमा पालिकाभरिका माध्यमिक विद्यालयका प्रअ, विव्यस, वडाध्यक्ष लगायत जनप्रतिनिधिहरू, वडा शिक्षा समिति, विषयगत समितिका शिक्षकहरू, गाउँ शिक्षा समितिका सदस्यहरू लगायत शैक्षिक सरोकारवालाहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

Benighat_Rorang_See_Review-(1)-1751679781.jpg
 एसईई समीक्षा तथा लक्ष्य निर्धारण कार्यक्रम ।

कार्यक्रममा हालै असार दोस्रो साता सार्वजनिक भएको एसईई २०८१ को नतिजाको समीक्षा गरिएको छ । समग्र पालिकाभरिको नतिजाको अवस्था, विद्यालयगत नतिजाको समीक्षा तथा विश्लेषण समेत गरिएको छ । गाउँपालिका र विद्यालयहरूले एसईई २०८२ को नतिजाको लक्ष्य निर्धारण गरेका छन् । 

हालै सार्वजनिक भएको २०८१ मा सञ्चालित एसईई परीक्षामा बेनीघाट रोराङका ७२.७३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । अघिल्लो वर्ष अर्थात् २०८० सालमा सञ्चालित परीक्षामा जम्मा ४१.४५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको बेनीाघाट रोराङले २०८१ को परीक्षामा उल्लेख्य प्रगति हासिल गरेको हो । 

Benighat_Rorang_See_Review-(61)-1751679753.jpg
 एसईई समीक्षा तथा लक्ष्य निर्धारण कार्यक्रम ।

उल्लेख्य सुधारसहितको नतिजाबाट उत्साहित गाउँपालिकाले यस वर्ष (२०८२) मा सञ्चालन हुने परीक्षामा ८६.३३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने लक्ष्य लिएको छ । 

यस गाउँपालिकामा १० वटा सामुदायिक र २ वटा संस्थागत गरी जम्मा १२ वटा माध्यमिक विद्यालयहरू सञ्चालनमा छन् ।विद्यालयहरूले पनि यस वर्ष सञ्चालन हुने एसईई परीक्षाको लागि सङ्कल्पसहितको लक्ष्य निर्धारण गरेका छन् ।

Benighat_Rorang_See_Review-(4)-1751679776.jpg
गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी ।

यस वर्ष (२०८२) मा सञ्चालन हुने परीक्षामा बाँसखर्क माविले ६० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने लक्ष्य लिएको छ । यस विद्यालयले अघिल्ला दुई वर्ष शून्य प्रतिशत र २०८१ को परीक्षामा ६.६७ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको थियो । 

त्यसैगरी २०८१ को परीक्षामा ७३.४७ प्रतिशत उत्तीर्ण गराएको पिपलभञ्ज्याङ माविले ९० प्रतिशत, ७९.५७ प्रतिशत उत्तीर्ण गराएको वागेश्वरी माविले ८२ प्रतिशत, शतप्रतिशत उत्तीर्ण गराएको ब्राइट फ्युचर माविले शतप्रतिशत, ८० प्रतिशत उत्तीर्ण गराएको हर्कपुर माविले ८५ प्रतिशत र ८८.२४ प्रतिशत उत्तीर्ण गराएको चन्द्रोदय मावि, बेनीघाटले ९३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने लक्ष्य लिएको छ । 

Benighat_Rorang_See_Review-(21)-1751679774.jpg
 एसईई २०८२ काे लक्ष्य निर्धारण गर्दै ब्राइट फ्युचर माविकी प्रअ, कल्पना सिलवाल ।

त्यस्तै, ७३.३३ प्रतिशत उत्तीर्ण गराएको चन्द्रोदय मावि, विशालटारले ९५ प्रतिशत, ९२.८६ प्रतिशत उत्तीर्ण गराउँदै पालिकाको उत्कृष्ट सामुदायिक विद्यालय बनेको पञ्चकन्या माविले ९५ प्रतिशत, शतप्रतिशत उत्तीर्ण गराएको राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुलले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने लक्ष्य लिएको छ । 

त्यस्तै गरेर, ४१.६७ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको कालिका मावि, विदाङले ६७ प्रतिशत, ७२.४१ प्रतिशत उत्तीर्ण गराएको शंखादेवी माविले ८० प्रतिशत र ४१.६७ प्रतिशत उत्तीर्ण गराएको राष्ट्रिय मावि, खोरभञ्ज्याङले ६० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने लक्ष्य लिएको छ ।

Copy-of-Benighat_Rorang_See_Review-1751679914.jpg
गाउँपालिका र विभिन्न विद्यालयहरूले निर्धारण गरेकाे लक्ष्य ।

लक्ष्य तथा प्रतिवद्धतापत्रमा विद्यालयका प्रअ, विव्यस अध्यक्ष, वडाका जनप्रतिनिधि, वडा शिक्षा समिति, विषयगत शिक्षकहरूले हस्ताक्षर गरेका छन् । त्यसैगरी समग्र पालिकाको लक्ष्य हासिल गर्नको लागि पालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले पनि हस्ताक्षर गरेका छन् । 

गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले शैक्षिक गुणस्तर र सुधारको मार्गमा गाउँपालिका अघि बढेको बताए ।

Benighat_Rorang_See_Review-(2)-1751679779.jpg
कृष्ण बहादुर थपलिया (विवेक), अध्यक्ष, बेनीघाट राेराङ गाउँपालिका ।

“हामीले शैक्षिक सुधारको बाटोमा अघि बढेका छौँ । हामी शिखर चुम्ने लक्ष्यमा छौँ । तर, शिखर चुम्नु मात्रै ठुलो चाहिँ होइन । त्यहाँ कसरी टिकिरहने भन्ने चुनौती छ”, अध्यक्ष थपलियाले भने, “आगामी दिनमा हामी अझै चुचुरोमा पुग्छौँ ।”

त्यसैगरी गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले शिक्षक, विव्यस, अभिभावक, विद्यार्थी, पालिका सरकार र सरोकारवालाहरूको साझा प्रयासबाट शैक्षिक उपलब्धि हासिल भएको बताए ।

Benighat_Rorang_See_Review-(33)-1751679770.jpg
टाप बहादुर श्रेष्ठ, उपाध्यक्ष, बेनीघाट राेराङ गाउँपालिका । 

उपाध्यक्ष श्रेष्ठले आपसी समन्वय, सहकार्य, मिहेनत र लनशीलताले आगामी दिनहरूमा पनि राम्रो उपलब्धि हासिल गर्न सकिने बताउँदै त्यसतर्फ सबैको ध्यानाकर्षण गराए । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरेले शैक्षिक सुधारको लागि वडा तहका जनप्रतिनिधिहरूको मुख्य सक्रियता आवश्यक रहेको बताइन् ।

Benighat_Rorang_See_Review-(32)-1751679771.jpg
नर्बदा घिमिरे, प्रमुख प्रशासकीय अधिकृत, बेनीघाट राेराङ गाउँपालिका ।

“शिक्षामा सुधार ल्याउन मुख्यतः वडाका जनप्रतिनिधिहरू नै सक्रिय हुन जरुरी छ”, घिमिरेले भनिन्, “जहाँ जहाँका वडाध्यक्षज्यूहरू विशेष रूपमा खटिनुभएको छ, त्यहाँ सुधार भएको हामीले पाएका छौँ ।”

प्रमुख प्रशासकीय अधिकृत घिमिरेले एसईईलाई मात्रै सबै कुराको मानक हो भन्ने हिसाबले नबुझ्न पनि आग्रह गरिन् । 

“एसईईको नतिजा र प्रतिशत मात्रै सबै थोक होइन । यसलाई त्यसरी पनि नबुझौँ”, उनले भनिन्, “अहिले एसईई राम्रो आयो भनेर मात्तिने र नराम्रो आयो भनेर आत्तिने काम पनि नगर्नुहोला । बालबालिकाहरूको भविष्य र समाजको भविष्य बनाउन अरू धेरै कुराहरू चाहिन्छ ।”

Benighat_Rorang_See_Review-(60)-1751679755.jpg
कार्यक्रममा सहभागी शिक्षकहरू ।

संस्थागत विद्यालयहरूको सन्दर्भमा बोल्दै घिमिरेले देशको संविधान र कानुनले नदिएको हुनाले स्थानीय सरकारले चाहेर पनि संस्थागत विद्यालयहरूलाई कतिपय सेवा तथा सुविधाहरू उपलब्ध गराउन नसकिएको बताइन् । 

संस्थागत विद्यालयहरूले पालिकाको समग्र शैक्षिक नतिजामा आफूहरूको योगदान रहेको तर, सरकारी सेवा तथा सुविधाहरूबाट वञ्चित गराएको गुनासो पोखेका थिए । 

गाउँपालिका शिक्षा शाखा प्रमुख बोधराज पाठकले विद्यालयहरूले गाउँपालिकाले गरेको मार्गदर्शनलाई पालना गर्दा शिक्षामा सुधार आएको बताए । 

Benighat_Rorang_See_Review-(55)-1751679759.jpg
बाेधराज पाठक, शिक्षा शाखा प्रमुख, बेनीघाट राेराङ गाउँपालिका ।

“हामीले दिएका सल्लाह सुझावहरू, बनाएका नीति नियम, कार्यक्रमहरूलाई तपाईँहरूले कार्यान्वयन गरिदिँदा यति राम्रो भयो”, अधिकृत पाठकले भने, “बधाईको पात्र तपाईँहरू हुनुहुन्छ ।”

शैक्षिक सुधार आफैँमा चुनौतीपूर्ण कार्य भएको र गाउँपालिका भौगोलिक, आर्थिक, सामाजिक विविधतासहित कमजोर पृष्ठभूमिबाट माथि उठ्न खोजिरहेको बताउँदै चुनौतीहरूलाई चिर्दै अघि बढ्न तयार हुनुपर्ने उनले बताए ।

Benighat_Rorang_See_Review-(37)-1751679767.jpg
कार्यक्रममा मन्तव्य राख्दै बेनीघाट राेराङ-१ का वडाध्यक्ष, जीवन सिं तामाङ ।

कार्यक्रममा सम्पूर्ण माध्यमिक विद्यालयका प्रअहरूले समिक्षासहितकाे धारणा राखेका थिए । विभिन्न वडाका वडाध्यक्षहरूले पनि मन्तव्य राखेका थिए ।

Benighat_Rorang_See_Review-(43)-1751679762.jpg
कार्यक्रममा मन्तव्य राख्दै गाउँ शिक्षा समितिका सदस्य एवम् समाजसेवी हेमनाथ थपलिया ।

गाउँपालिकाको नयाँ योजना: ५० जना उत्कृष्ट विद्यार्थीहरू छनौट गर्ने

गाउँपालिकाले पालिकाका विभिन्न माध्यमिक विद्यालयहरूमा अध्ययनरत उत्कृष्ट ५० जना विद्यार्थीहरूको छनौट गरेर एसईईको लागि विशेष तयारी गराउने भएको छ । छनौटमा परेका विद्यार्थीहरूलाई गाउँपालिकाले महिना/महिनामा परीक्षा लिने र होस्टेलमा बसेर पढ्ने प्रबन्ध मिलाउने गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)ले बताए ।

कम्तीमा १० जना विद्यार्थीले ४ जिपिए प्राप्त गर्ने अध्यक्ष थपलियाले उद्घोष गरेका छन् । त्यसका लागि आवश्यक सबै प्रबन्ध मिलाउन पालिका प्रतिबद्ध रहेको अध्यक्ष थपलियाले जानकारी दिएका छन् ।

अन्य तस्बिरहरूः 

Benighat_Rorang_See_Review-1751679781.jpg

Benighat_Rorang_See_Review-(7)-1751679776.jpg

Benighat_Rorang_See_Review-(4)-1751679776.jpg

Benighat_Rorang_See_Review-(16)-1751679775.jpg

Benighat_Rorang_See_Review-(26)-1751679773.jpg

Benighat_Rorang_See_Review-(31)-1751679772.jpg

Benighat_Rorang_See_Review-(21)-1751679774.jpg

Benighat_Rorang_See_Review-(34)-1751679769.jpg

Benighat_Rorang_See_Review-(36)-1751679767.jpg

Benighat_Rorang_See_Review-(38)-1751679765.jpg

Benighat_Rorang_See_Review-(35)-1751679769.jpg

Benighat_Rorang_See_Review-(41)-1751679764.jpg

Benighat_Rorang_See_Review-(48)-1751679761.jpg

Benighat_Rorang_See_Review-(53)-1751679758.jpg

Benighat_Rorang_See_Review-(57)-1751679757.jpg

Benighat_Rorang_See_Review-(51)-1751679760.jpg

Benighat_Rorang_See_Review-(59)-1751679756.jpg

Benighat_Rorang_See_Review-(60)-1751679755.jpg

Benighat_Rorang_See_Review-(62)-1751679753.jpg

Benighat_Rorang_See_Review-(61)-1751679753.jpg

Benighat_Rorang_See_Review-(7)-1751681325.jpg

Benighat_Rorang_See_Review-(6)-1751681327.jpg

Benighat_Rorang_See_Review-(9)-1751681322.jpg

Benighat_Rorang_See_Review-(11)-1751681320.jpg

Benighat_Rorang_See_Review-(14)-1751681318.jpg

Benighat_Rorang_See_Review-(17)-1751681313.jpg

Benighat_Rorang_See_Review-(16)-1751681315.jpg

Benighat_Rorang_See_Review-(21)-1751679774.jpg

Benighat_Rorang_See_Review-(16)-1751679775.jpg

Benighat_Rorang_See_Review-(26)-1751679773.jpg

 

Benighat_Rorang_See_Review-(4)-1751681330.jpg

Benighat_Rorang_See_Review-(5)-1751681327.jpg

Benighat_Rorang_See_Review-(8)-1751681324.jpg

Benighat_Rorang_See_Review-(10)-1751681322.jpg

Benighat_Rorang_See_Review-(12)-1751681320.jpg

Benighat_Rorang_See_Review-(13)-1751681317.jpg

Benighat_Rorang_See_Review-(15)-1751681316.jpg

Benighat_Rorang_See_Review-(18)-1751681312.jpg

Benighat_Rorang_See_Review-(20)-1751681310.jpg

Benighat_Rorang_See_Review-(23)-1751681308.jpg

Benighat_Rorang_See_Review-(24)-1751681306.jpg

Benighat_Rorang_See_Review-(22)-1751681308.jpg

Benighat_Rorang_See_Review-(25)-1751681305.jpg

तस्बिरः चन्द्र तामाङ/नबराज तामाङ 

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update