Everest Face
नेपाल फुलकन्ट्याक कराँते महासङ्घको धादिङ जिल्ला समिति गठन

नेपाल फुलकन्ट्याक कराँते महासङ्घको धादिङ जिल्ला समिति गठन भएकाे छ ।

आइतबार सम्पन्न प्रथम भेलाले सुमन अधिकारीको नेतृत्वमा १३ सदस्यीय समिति सर्वसम्मतिले गठन गरेको हो । 

महासङ्घको बागमती प्रदेश संयोजक धनबहादुर तामाङको अध्यक्षतामा भेला सम्पन्न भएको हो । धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिंह तामाङको प्रमुख आतिथ्ययतामा भेला सम्पन्न भएको हो । महासङ्घका केन्द्रीय प्रतिनिधि राजीव खड्का विशेष अतिथिको रूपमा उपस्थित थिए ।

535885048_31004091902567848_3730006768050342216_n-1756086118.jpg
भेला ।

समितिको उपाध्यक्षमा नीरकमल थापा, अर्का उपाध्यक्षमा शिशिर घिसिङ, सचिवमा पवन मगर, सहसचिवमा सुप्रिया तामाङ र काेषाध्यक्षमा हरिकुमार श्रेष्ठ चयन भएका छन् । 

त्यसैगरी सदस्यहरूमा रामशरण बिक, अभिषेक तामाङ, प्रणव धमला, अभियान त्रिपाठी, ध्रुव सापकोटा, शिशिर गुरुङ र भिमबहादुर गुरुङ चयन भएका छन् ।

38dd432d-f7e2-4150-a4fa-ce5e8d9bfaf7-1756086118.jpg
समिति ।

तस्बिरः शिशिर घिसिङ 

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  ०७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update