धादिङकाे बेनीघाट राेराङ गाउँपालिका वडा नम्बर-१ स्थित चिम्बाङ खाेलामा झाेलुङ्गे पुल बनेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् ।
पुल नहुँदा विकट चिम्बाङ गाउँका बासिन्दाले बर्खा याममा खाेला तर्न सास्ती खेप्न बाध्य थिए । बागमती प्रदेश सरकार र बेनीघाट राेराङ गाउँपालिकाकाे लगानीमा ५२ लाख रूपैयाँकाे लागतमा पुल बनेकाे हाे ।
पुल बनेपछि स्थानीय बासिन्दालाई आवतजावत गर्न सहज भएको छ । पुल नहुँदा बालबालिकाहरू विद्यालय जान समेत गाह्राे भइरहेकाे थियाे । अहिले बालबालिकाहरूले सहज ढङ्गले विद्यालय आवतजावत गर्न पाएका छन् ।
पुल निर्माण सम्पन्न भएपछि बेनीघाट राेराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक), इञ्जिनियर प्रकाश सिलवाल, वडा नम्बर-१ का वडाध्यक्ष जीवन सिं तामाङ लगायत जनप्रतिनिधिहरू र स्थानीय बासिन्दाहरूले स्थलगत अनुगमन गर्दै गर्दाका तस्बिरहरू यहाँ प्रस्तुत गरिएकाे छ ।
हेराैँ तस्बिरहरूः
-1749804294.jpg)
-1749804293.jpg)
-1749804260.jpg)
-1749804236.jpg)
-1749804248.jpg)
-1749804234.jpg)
-1749804222.jpg)
-1749804196.jpg)
-1749804220.jpg)
-1749804205.jpg)
-1749804210.jpg)
-1749804192.jpg)
-1749804182.jpg)
-1749804194.jpg)
-1749804217.jpg)
-1749804248.jpg)
-1749804238.jpg)
-1749804203.jpg)
-1749804181.jpg)
तस्बिरः चन्द्र तामाङ





