-1730297451.jpg)
अन्नपूर्ण पदमार्ग नेपालको सबैभन्दा प्रसिद्ध तथा रोमाञ्चक पदयात्रा मार्गमध्ये एक हो । यो पदमार्ग मुख्यतः मध्य र पश्चिम नेपालको अन्नपूर्ण क्षेत्र वरिपरि फैलिएको छ र विभिन्न भौगोलिक, सांस्कृतिक तथा जलवायु विविधताबाट भरिपूर्ण छ।
यो पदमार्ग लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की जिल्लाबाट हुँदै अन्नपूर्ण संरक्षण क्षेत्र (ACAP) भित्र पर्दछ। यात्रा सुरु गर्ने सामान्य बिन्दु भुलभुले/बेसिशहर हो र पदयात्रा जोमसोम वा नयाँपुल (पोखरा नजिकै) मा गएर सकिन्छ ।
यहाँ अन्नपूर्णको दक्षिण बेसक्याम्प ट्रेक (घान्द्रुकदेखि बेसक्याम्प) सम्मका तस्बिरहरू प्रस्तुत गरिएको छ।
हेरौँ तस्बिरहरू:
तस्बिरः चन्द्र तामाङ
प्रकाशित मिति: मंगलबार, असार १७, २०८२ ०८:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय